WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, May 24, 2012

जीवन सुधार्न गाह्रो


जीवन सुधार्न गाह्रो भयो,अति बिग्रिए पछि  
कस्लाई दिनु दोष खै, मति बिग्रिए पछि  
संघर्ष गर्नु जान्दा जान्दै,फेल खाएं मैले
दोसांधमा परीने रैछ, खती बिग्रिए पछि  
निभ्यो मनको दियो,धिप धिप बोल्दा बोल्दै
सम्हाल्नै नसकिने भयो,उपति बिग्रिए पछि  
छ्ताछुल्ल पोखियो, सबै बूंदहरु  मायाका   
अन्जुलिमै ठापुं कसरी,क्षति बिग्रिए पछि  
जिवनमा केही गर्छु,केही बन्छु सपनै भो  
आफ्नाले नचिन्दो रैछ,प्रगति बिग्रिए पछि