WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, May 23, 2012

रत्तीभर पनि

रत्तीभर पनि जीउने मन छैन ,मर्छु बरु म 
अब छिट्टै स्वर्गको बसाई, सर्छु बरु म 
संबिधान आई शान्ति छाउला आश मात्र भो 
अझै यस्तै दुःख पिरैपिरको भारी, भर्छु बरु म  
देश रोएको छ, नेपाली तन-मन रोएका छन् 
हिंड्दा हिंड्दै मृत्यु सैयामा नै, पर्छु बरु म 
देशले रगत  मागे, ज्यान दिन तयार थिएं 
कर नगर धूर्तहरु आफै सूली,चढ्छु बरु म