WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, May 25, 2012

मागेथें मायाको एक बूंद,

मागेथें मायाको एक बूंद, तिम्ले अपार दियौ
अजम्बरी अनमोल अनन्त,अहा! प्यार दियौ

जिउदो लाश भनीकन,धेरैले गिजाय मलाई
केवल तिम्ले जीवन-जिउने,एक आधार दियौ

पवित्र तिम्रो मायासंगै, स्नेह पनि पाएं मैले
जीवन परिवर्तनको लागी ,मिठो प्रहार दियौ

धेरै संगाले जीवनका,तितामिठा अनुभूतिहरू  
प्रगाद प्रेमरूपी कोशेली, सुनौलो  संसार दियौ