WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, May 26, 2012

परदेशमा'छू


परदेशमा'छू झ्याउरे गाउने,रोधि'घर सम्झन्छु
देउराली त्यो भंझ्यां को,पीपल'बर  सम्झन्छु

के गर्नु विदेशिनु नै,लेखेको रैछ यो कर्ममा
पढेर ठुलो मान्छे बन्नू ल भन्ने,हेड'सर सम्झन्छु

हावा-पानी पनि तातो,रेग्स्थान देखेरै वाक्क छू
शीतलता दिने झुपडीको, छानो'खर सम्झन्छु

फ़र्किएरै आउनु है स्वदेश,भन्छिन सानी सधैं
सुख दुःखमा साथ दिने उनकै, भर सम्झन्छु