WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, May 17, 2012

भेट्ने मन नै छैन


भेट्ने मन नै छैन हो भेटौं भन्छिन सानी 
मन भरिको तृश्र्ना मेटौं भन्छिन सानी 
अपूरो होला तिम्रो सपना भन्छु सधैं म 
साकार हुने सपना देखौं भन्छिन सानी 
पहिला भन्दा अलीकती जिद्धि भा झैं लाग्छ 
घामलाई नि हत्केलाले छेकौं भन्छिन सानी 
तिमी मदन म मुना बनेर कलियुगको 
अमर प्रेमको इतिहास लेखौं भन्छिन सानी