WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, January 5, 2014

294. गर्न पनि सकिएन केहि खास जिन्दगीमा

गर्न पनि सकिएन केहि खास जिन्दगीमा
तर पनि अझैं मरेको छैन आस जिन्दगीमा

त्यो ढुंगाको जति नि अस्तित्व रहेन मेरो त
कसैको पनि पाइएन विश्वास जिन्दगीमा

म अँध्यारोमै जीवन जिउन सिकिसकेकोछु
भो अब चहिएन उज्यालो प्रकास जिन्दगीमा

म उजाडउजाड छु व्याख्या गरिरहन पर्दैन भो
हो आएको थियो ठुलै हुरी बतास जिन्गदिमा

हुने त केहि होइन आखिर ढोगेर देवताहरुलाई
भो देखाउंदैन रित्तिएको क्यानभास जिन्दगीमा

रोहित राना
बुटवल-१३ रुपन्देही
"Buddha was Born in Nepal"

Sunday, December 22, 2013

293. आज भोलि मानवता र मिजास भेटिन्नन्

आज भोलि मानवता र मिजास भेटिन्नन्
सहयोग माग्दा पनि सय पचास भेटिन्नन्

खोज्दा खोज्दै म त हजुर थाकिसंकें यहाँ
पुरानो रिति भेटिन्नन् इतिहास भेटिन्नन्

पराइलाइ सजिलै आफन्त बनाउन सकिन्छ
तर यहाँ आफन्तहरु नै बरु पास भेटिन्नन्

धनिकै रैछ हजुर यहाँ दिन भनेनि रात भनेनि
गरिबका लागि त खाने एक गास भेटिन्नन्

मैले माया प्रितका कुरा गर्न छाडिसकें हजुर
किन कि मायामा अचेल विस्वास भेटिन्नन्

butwal,nepal

Monday, December 9, 2013

292. मेरा यादहरु तिनै धड्कनसम्म पुगेर फर्केका छन्

मेरा यादहरु तिनै धड्कनसम्म पुगेर फर्केका छन्
प्रस्तावहरु दिलको आँगनसम्म पुगेर फर्केका छन्

सुन्नेले कुरा सुने हुन्थ्यो बुझ्नेले पनि बुझे हुन्थ्यो
कानेखुसी गर्दै भावहरु मनसम्म पुगेर फर्केका छन्

स्पर्स मात्र काफिछ अँगालो कस्नु पनि पर्दैन हजुर
मेरा चोर नजरहरु तिनै तनसम्म पुगेर फर्केका छन्

अचम्म यो सिमारेखा चाहेर पनि मेट्न सक्दिन मैले
हो मेरा पाइलाहरु ति बन्धनसम्म पुगेर फर्केका छन्

मैले उनलाइ दुख र सुख दुवैमा साथ दिन चाहेंको हुँ
र'त स्पर्सहरु उन्कै हाँसो रोदनसम्म पुगेर फर्केका छन्

रोहित राना
बुटवल- रुपन्देही 

Friday, November 29, 2013

291. कतिका मायाप्रित खुब चलेका छन्

कतिका मायाप्रित खुब चलेका छन्
कतिका भने यहाँ दिल जलेका छन्

तिमि अमृत रोप्दैछु भनि फूँइ नलाउ
नियालेर हेर त्यहाँ विष फलेका छन्

आन्दोलन् धेरै गरेको देखियो हजुर
व्यर्थै शहिदहरुका शालिक ढलेका छन्

कालै व्यापार गरि कमाएको देखिन्छ
यी व्यापारीहरुले नि छल्नु छलेका छन्

यिनीहरु पक्का पनि नयाँ शाधु हुनुपर्छ
त्यसैले हेर्नुस् खरानी निकै दलेका छन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Thursday, November 28, 2013

290. हजुरले आखाँ झिम्क्याउँदा त मर्नु हुन्छ यता

हजुरले आखाँ झिम्क्याउँदा त मर्नु हुन्छ यता
तर औशिं पुर्णिमामा मात्र देखा पर्नु हुन्छ यता

म मात्र कति धाउनु हजुरलाई भेट्न सधैं-सधैं
भन्नुस् न हजुर बसाइ कहिले सर्नु हुन्छ यता

हजुर पारि म छु वारि बिचमा भाछ तगारो नदि
कुरी बस्याछु भन्दै हजुर कहिले तर्नु हुन्छ यता

माया गर्ने मान्छे समाजसंग डराउँदिन नि म त
यस्तो लाछ हजुरले पक्का केहि गर्नु हुन्छ यता

धेरै भयो नभेटेको मन जलिरहेछ हजुरकै यादमा
छिटो भन्नुस् न मेरो हजुर कैले झर्नु हुन्छ यता

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Sunday, November 24, 2013

289. भूमिगत भै याँ लुक्नु पर्ने वाध्यता छ

भूमिगत भै याँ लुक्नु पर्ने वाध्यता छ
छि-छि भन्दै थुक्नु पर्ने वाध्यता छ

घरको रक्षा गर्नु नै उसको जागिर हो
त्यसैले कुकुर भुक्नु पर्ने वाध्यता छ

नेपाली हुँ भनि गर्व गर्नु पर्ने ठाउँमा
यी नेताले गर्दा झुक्नु पर्ने वाध्यता छ

मजबुत यी प्रेमका डोरीहरु पनि हेर्नुस्
विवस्ताले गर्दा फुक्नु पर्ने वाध्यता छ

गन्तब्यमा पुग्न कहाँ सजिलो छ हजुर?
हिंड्डाहिंड्दै बिचमै रुक्नु पर्ने वाध्यता छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Monday, November 18, 2013

288. कहाँ छर मेरो तिम्रो जस्तो जिन्दगि?

कहाँ छर मेरो तिम्रो जस्तो जिन्दगि?
हजुर म त राखेकोछु शरीरै बन्धकी

न नाम नै छ मेरो न काम नै छ हजुर
पहिचान मेटियो मेट्दैछु बाँकि निशानी

तिमि बुझ्दै नबुझी माया मात्र भन्छौ
देशको पिरले भाकोछु झन् झन् बिरामी

सोकाकुल छु हृदयघातले नै मर्छु होला
यो परदेशमा पाइन हजुर मैले ओखती

सोझा साझाको दिन पनि गएछन् अब
निर्दोषीलाइ नै पो ठानी राछन् यहाँ दोषी

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"