WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, November 28, 2013

290. हजुरले आखाँ झिम्क्याउँदा त मर्नु हुन्छ यता

हजुरले आखाँ झिम्क्याउँदा त मर्नु हुन्छ यता
तर औशिं पुर्णिमामा मात्र देखा पर्नु हुन्छ यता

म मात्र कति धाउनु हजुरलाई भेट्न सधैं-सधैं
भन्नुस् न हजुर बसाइ कहिले सर्नु हुन्छ यता

हजुर पारि म छु वारि बिचमा भाछ तगारो नदि
कुरी बस्याछु भन्दै हजुर कहिले तर्नु हुन्छ यता

माया गर्ने मान्छे समाजसंग डराउँदिन नि म त
यस्तो लाछ हजुरले पक्का केहि गर्नु हुन्छ यता

धेरै भयो नभेटेको मन जलिरहेछ हजुरकै यादमा
छिटो भन्नुस् न मेरो हजुर कैले झर्नु हुन्छ यता

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"