WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, November 24, 2013

289. भूमिगत भै याँ लुक्नु पर्ने वाध्यता छ

भूमिगत भै याँ लुक्नु पर्ने वाध्यता छ
छि-छि भन्दै थुक्नु पर्ने वाध्यता छ

घरको रक्षा गर्नु नै उसको जागिर हो
त्यसैले कुकुर भुक्नु पर्ने वाध्यता छ

नेपाली हुँ भनि गर्व गर्नु पर्ने ठाउँमा
यी नेताले गर्दा झुक्नु पर्ने वाध्यता छ

मजबुत यी प्रेमका डोरीहरु पनि हेर्नुस्
विवस्ताले गर्दा फुक्नु पर्ने वाध्यता छ

गन्तब्यमा पुग्न कहाँ सजिलो छ हजुर?
हिंड्डाहिंड्दै बिचमै रुक्नु पर्ने वाध्यता छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"