WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, October 31, 2012

सन्नटा यो मरुभूमि, छोड़ने दिन आए है

**धेरै पुरानो गज़ल**
>आफ्नै डायरीबाट<

सन्नटा यो मरुभूमि, छोड़ने दिन आए है
सिंचाई गरी आफ्नै बारी,गोड़ने दिन आए है

कति बस्नु रेग्स्थानमा, पत्थररूपी जीवन
माया प्रिती सानी संगै, जोड़ने दिन आए है

याद आउने सधै जसो,देश अनि घरगाउँको
यात्रा अब स्वदेशतिरै, मोड़ने दिन आए है

भंन्थिन उनी सधै,सुन फलाऊँ हाम्रै धर्तीमा
राम्रो मौका छोपी हीरा,फोड़ने दिन आए है

***भोली हिन्दैछू यो रेग्स्थानबाट.....
31st-Oct-2012

Monday, October 29, 2012

133.विदेशिएँ म अलि अलि दाम कमाएँ

विदेशिएँ म अलि अलि दाम कमाएँ
यो त लाहुरे भो रे यस्तै नाम कमाएँ

बगाएँ रगत पसिना दिन रात नभनी
कर्म यस्तै मेरो न'बिहान'न साम कमाएँ

आदान प्रदान हुन्थ्यो खबर पत्रहरुमा
सानीले कोरेको पत्रहरुका खाम कमाएँ

जस्तो थिएँ छिर्दा परदेश अझै उस्तै छु
केहि नमस्कार त केहि सलाम कमाएँ

कोहि मित्र पुर्वका कोहि पश्चिमका भेटें
खुशी लाग्छ मित्रहरु भने तमाम कमाएँ

~!~शुभ पल~!~
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


132.सक्छौ एउटा सुन्दर स्कुल बनाऊ

सक्छौ  एउटा  सुन्दर स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ

हे दैव किन बनायौ जन्म अनि मृत्यु
अमर रहन सबै बरु क्याप्सुल बनाऊ

जाति र धर्म भन्दै लडाई गर्दैछन् याँ
सबै जनाको एउटा साझा कुल बनाऊ

मरेर मान्छेहरु स्वर्ग जान्छ भन्छन्
यो पृथ्वी र स्वर्ग जोड्ने पुल बनाऊ

सक्छौ  एउटा  सुन्दर  स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ

~!~शुभ पल~!~
रोहित राना
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान







BFBS रेडियो UK-"कविता कुशुममा" मेरो गजल वाचन

गत शुक्रबार 2012 October 26th तारिकको दिन BFBS UK गोर्खा रेडियोको साप्ताहिक कार्यकर्म "कविता कुशुम"मा योग राज राई दाजूसंगको साहित्यक भलाकुसारी अनि मेरो गजल वाचन, मेरा केही जीवन भोगाई अनि साहित्यक र सांगीतिक भोगाइका तितामिठा यात्राहरुको  बारेमा केही बोल्न दिनु भएकोमा योग दाजू लगायत BFBS रेडियो UK  प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु!!

Saturday, October 27, 2012

131.अनायासै रमाउन खोज्नु,गल्ती मेरै रैछ

अनायासै रमाउन खोज्नु,गल्ती मेरै रैछ
उन्कै हात समाउन खोज्नु,गल्ती मेरै रैछ

मलाई लाग्थ्यो उनी केवल मात्र मेरी हुन
हैकम उन्मा जमाउन खोज्नु,गल्ती मेरै रैछ

अन्तै पो रहेछ चाह गिध्ये नजर मात्र म मा
जवर्जस्त माया थमाउन खोज्नु,गल्ती मेरै रैछ

लाग्थ्यो उन्को लागी जे पनि गर्न सक्छु म
उन्कै खातिर कमाउन खोज्नु,गल्ती मेरै रैछ



~!~शुभ पल~!~
रोहित राना
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

130.नैतिक शिक्षाको भारि खोज्दैछु

नैतिक शिक्षाको भारि खोज्दैछु
फलाउन बिज्ञान बारी खोज्दैछु

खोजें आकाशमा खोजें समुन्द्रमा
पृथिवी भरि पनि चहारी खोज्दैछु

पाखा पखेरो नदि नाला जताततै
कैले वारि त  कैले पारि खोज्दैछु

भेटिनु पर्ने विद्वानसंगै विध्या पनि
भोकप्यास आफैमा मारी खोज्दैछु

असल मित्र भेटे नि चालचलन उस्तै
राम जस्तै मैले आज्ञाकारी खोज्दैछु

~!~शुभ पल~!~
रोहित राना
बुटवल-१३ रुपन्देही
हाल- काबुल,अफगानिस्थान





Wednesday, October 24, 2012

साँच्चै आज म दिउँसै रातमाछु


साँच्चै आज म दिउँसै रातमाछु 
फूलमा होइन झरेको पातमाछु

दशैंको दिन,सबै खुशीमा होलान् 
म भने पिरैपिरको,बिस्मातमाछु

Happyदशैं
~!~शुभ पल~!~

रोहित राना 
बुटवल-13-रुपन्देही 
हाल- काबुल,अफगानिस्थान
24th-Oct-12