WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, August 23, 2014

305. अहँ भएन देशमा भष्ट्रचारको निर्मुल भएन।

अहँ भएन देशमा भष्ट्रचारको निर्मुल भएन।
अझ गाँठि कुरो वेरोजगारको निर्मुल भएन।।

हामी गरिब अब कसरी? जिविको पार्जन गर्नु।
छाति नै चर्किने महंगी बजारको निर्मुल भएन।।

खुलेआम नै किन् बेच भैरहेछन् हातहतियारहरु।
तस्करी अनि यो कालो व्यापारको निर्मुल भएन।।

गुण्डाहरुलाइ देउता ठानेकै कारण यो सरकारले।
आज सम्म चोर,फताह गद्धारको निर्मुल भएन।।

वाढिले परिवार लग्यो सारा सपनाहरुसँगै लग्यो।
आँखाभरि यो मुसलधारे असारको निर्मुल भएन।।

रोहित राना
बुटवल-१३, रुपन्देहि
"Buddha was born in Nepal"

Tuesday, August 5, 2014

304. निराश निराश देख्छु तिम्लाइ प्यार छुटे जस्तो

निराश निराश देख्छु तिम्लाइ प्यार छुटे जस्तो
सँगै जिउने अनि सँगै मर्ने आधार छुटे जस्तो

यसरि गजल सुनाएर युद्ध गर्न सक्दिन हजुर 
लागि रहेछ आत्मबलसँगै हतियार छुटे जस्तो

साँच्चै सोँचे भन्दा त धेरै खल्लो भयो कार्यक्रम
माहोल देखिन्थ्यो होनाहर कलाकार छुटे जस्तो

लोकतन्त्र,गणतन्त्र आएनि देशको मुहार फेरिएन
यस्तो लाग्छ देश हाक्ने नेता इमान्दार छुटे जस्तो

मेरि प्रीयाको अनुहारमा म चमकता देख्दिन अचेल
लाग्दैछ गर्दागर्दै पनि कहिँ-कतै शृङ्गार छुटे जस्तो

रोहित राना
बुटवल-१३, रुपन्देहि
"Buddha was born in Nepal"

Thursday, July 24, 2014

303. कसरि गरुन् र यि नजरले इन्कार उन्को

कसरि गरुन् र यि नजरले इन्कार उन्को
अहा! क्या लोभै लाग्दो छ शृङ्गार उन्को

समिप आउनेछिन् मन्को प्यास मेटाउनेछिन्
धेरै पहिले देखि गरेको थिएँ इन्तजार उन्को

कोशेलि भन्दै लाजका गहना सुम्पिदिइन्
ज्यानले सहर्ष स्विकार गर्यो उपहार उन्को

जुनिभर खुशि राख्ने बाचा छ है मेरो पनि
अजम्बरि रहोस् म प्रति अथाह प्यार उन्को

अकबरि सुनलाइ कसि लगाउनु पर्दैन भन्छन्
कति गरि रहुँ र यार तारिफ बारम्बार उन्को

रोहित राना
बुटवल

Friday, July 18, 2014

302. गएको मुसाफिर आएन कहिल्यै फर्किएर

गएको मुसाफिर आएन कहिल्यै फर्किएर
आफ्नाहरु पनि हिँडेकाछन् मदेखि तर्किएर

इर्श्या दाह र रिस यसरि नपाल्नुहोस् मित्र
हृदय नै विष्फोटन होला आगो सल्किएर

निष्ठुरिका तस्विरहरु नदेखाउ भो नदेखाउ 
रुनु सिवाय हुन्न विकल्प छाति चर्किएर

जिन्दगि यसरि पनि बाँचिएको छ हजुर
हृदयको आलो घाउभरि नुनचुक छर्किएर

हिजोको बालापन खोजेर कहाँ पाउनु खै 
साँच्चै समय पनि नबस्दो रहेछ पर्खिएर


रोहित राना
बुटवल-१३ रुपन्देहि

Sunday, July 13, 2014

301. होमिन जाँदैछु युद्धको मैदान राँको बोकेर।

होमिन जाँदैछु युद्धको मैदान राँको बोकेर। 
बनेर निडर,सहासी र चट्टान राँको बोकेर।। 

देशलाई बचाउनुछ तिनै धमिराहरुबाट ।
मसंगै  हिंड हे नेपालि जवान राँको बोकेर।। 

जसरि पनि देशको मुहार फेर्नुछ हामीले।  
मेटिने छैन गोर्खालीको सान राँको बोकेर।।

म रगत दिन्छु यो दिलो ज्यान नै दिन्छु।
फर्काउन आमाको मुस्कान राँको बोकेर।।

मर्नलाइ तयार छ यो 'रोहित' देशको लागि। 
गए जावोस् बरु भएको प्राण राँको बोकेर।। 

रोहित राना 
बुटवल-१३ रुपन्देही 

Thursday, July 10, 2014

300. हो हजुर यहाँ लुक्नु पर्ने वाध्यता छ

हो हजुर यहाँ लुक्नु पर्ने वाध्यता छ 
छि-छि भन्दै थुक्नु पर्ने वाध्यता छ 

घरको रक्षा गर्नु नै उसको जागिर हो 
त्यसैले कुकुर भुक्नु पर्ने वाध्यता छ 

नेपाली हुँ भनि गर्व गर्ने पर्ने ठाउँमा 
यी नेताले गर्दा झुक्नु पर्ने वाध्यता छ 

मजबुत यी प्रेमका डोरीहरु पनि हेर्नुस्
जात भात भन्दै फुक्नु पर्ने वाध्यता छ 

गन्तब्यमा पुग्न कहाँ सजिलो छ हजुर
हिंड्दाहिंड्दै बिचमै रुक्नु पर्ने वाध्यता छ 


रोहित राना 
बुटवल-१३रुपन्देही

Thursday, June 26, 2014

299. कहिले कसैको अभावमा बिताइयो जिवन

कहिले कसैको अभावमा बिताइयो जिवन
कहिले तनावै तनावमा बिताइयो जिवन

यि पिडाहरु सहने मात्र प्रदेशिहरु हुन्छन्
साहुको ॠणको दबावमा बिताइयो जिवन

न त समयले साथ दियो न त भाग्यले नै
 हो यस्तै उतार चढावमा बिताइयो जिवन

साँच्चै तिमि यतिधेरै याद आउने गर्थ्यो
र यादहरु भुल्न सराबमा बिताइयो जिवन

रोहित राना
 बुटवल -१३"
Buddha was born in Nepal"