WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, March 20, 2013

192. उनि बिना हाम्रो मिलन अँधुरो छ

टाढा भैइयो हामी मिलन अँधुरो छ
त्यसैले यहाँ मेरो जीवन अँधुरो छ

आउँछेउ हर रात  केवल सपनीमा
ओठका यी स्पर्श चुम्बन अँधुरो छ

अंकमाल गर्छु सधैं तिम्रै तस्वीरलाई
सोंच्छु म विना ति तनमन अँधुरो छ

हावालाई सन्देश लगिदेउ भनेको छु
चन्द्रमा बिना  त्यो गगन अँधुरो छ

तिमी बाट टाढा हुनु रहर मेरो होइन
लागिराछ घाम बिना किरन अँधुरो छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान






मलाई जिताई आफु हारेको रे उनले

मलाई जिताई आफु हारेको रे उनले
मायाको त्यो जालमा पारेको रे उनले

उहाँ मात्र मेरो म केवल उहाँकै हुन पाउँ
भनि-कन देउतालाइ पुकारेको रे उनले

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

191 . जिवन उसँग विताउनु छैन मलाई

जिवन उसँग विताउनु छैन मलाई
अझै सखाप बनाउनु छैन मलाई

छोडी जाने निष्ठुरीको तस्बिर हेर्दैछु
प्रेम पत्र कोरी पठाउनु छैन मलाई

तन मन दिनेले नै धोका दिए पछि
देखावटी हाँसो मुस्कुराउनु छैन मलाई

म जे जस्तो छु यसैमा नै खुशी छु
उजाडिने घरबार बसाउनु छैन मलाई

ढुंगा भइ सकेँ म तिमीलाई थाहा छ
सजिब भइ फेरी आउनु छैन मलाई

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


Monday, March 18, 2013

190. भन्छन् हजुर आ-आफ्नो विचार हुनु पर्छ

भन्छन् हजुर आ-आफ्नो विचार हुनु पर्छ
लेखेरै चलेछ रे जीवन उ पत्रकार हुनु पर्छ

घाम ताप्दै खाइ रहेकाछन् तिनले जागिर
उनीहरुको जागिर चाँही बालुवाटार हुनु पर्छ

नेता बसाइ सर्दा पनि समाचार बनि आउँछ
पक्कै नै सर्ने ठाउँ त्यही सिंहदरबार हुनु पर्छ

उसको ब्यापारमा मनग्गे आम्दानी हुन्छ रे
सायद किन्ने र बेच्ने हात-हतियार हुनु पर्छ

छात्रवृती पनि नेताकै छोरा छोरीले पाउँछन्
यो त जनतालाइ गरेको दुरव्यवहार हुनु पर्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

यो मनको घाउ दुख्नु दुखे पछि

यो मनको घाउ दुख्नु दुखे पछि
के होला खै चल्ने स्वास रुके पछि

रोएरै बस्दा रहेछन् सबैजना यहाँ
आफुले चाहेको निशाना चुके पछि

रोहित राना
हाल- काबुल,अफगानिस्थान

Sunday, March 17, 2013

189. गरिबलाई खान मिठो गास आएन

गरिबलाई खान मिठो गास आएन
राहतमा पनि न्यानो कपास आएन

आमाले छोरा मरेको खबर पाएकै हो
अझै सम्म पनि मरेको लाश आएन

लोडसेडिंगको नयाँ तालिका आएछ है
बिल आयो बिजुलीको प्रकास आएन

देश हेर्छु अधिकार हाम्रो नभए झैं लाग्छ
अधिकार छ झैँ कहिल्यै आभास आएन

उनको अगाडी जितेर पनि हार्नु पर्यो मैले
खै के भो?आफैमा आत्म विस्वास आएन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, March 12, 2013

188. कसैले सुनेनन् मैले हार-गुहार गर्दा पनी

कसैले सुनेनन् मैले हार-गुहार गर्दा पनी
अझ कसैले बुझेनन् भुल सुधार गर्दा पनी

बलात्कारी त नेताको भतिजो रहेछ साथि
आज पनि आजादछ बलात्कार गर्दा पनी

टाई कोटमा सजिइ पजेरो चढेर हिंडेकैछ उ
वा'वा हेर उसैको छ कालो व्यापार गर्दा पनी

अकबरी सुनलाई कशी लगाउन नै पर्दैन नि
उसको सामानहरु बिकेन रे प्रचार गर्दा पनी

ओ! मेरी प्रिय तिमि अप्सरा बन्न नखोज ल
अप्सरा तिमि हुँदिनौ जति शृङ्गार गर्दा पनी

~!~शुभ पल~!~
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान