WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, March 11, 2013

187. अचम्मैले हजुर दिन लाग्यो

अचम्मैले हजुर दिन लाग्यो
झन् रिण माथि रिण लाग्यो

यै जीवनले सताएको देख्दा
आफैलाई आज घिन लाग्यो

मै हुम भन्ने ति ठुला नेता नै
साँच्चै  क्षमता  हिन लाग्यो

दशा मेरै देशलाई लाग्नु पर्ने
सोचिरहेछु मैले किन लाग्यो

देश म हाँक्छु भन्दै दुइ नेता
एक भारत एक चिन लाग्यो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, March 10, 2013

186. छोई नसक्नु हजुर सुन महङ्गो भयो

छोई नसक्नु हजुर सुन महङ्गो भयो
यी लत्ता कपडासंगै ऊन महङ्गो भयो

गिट्टी कुटेर म चलाउँदैछु गुजारा यहाँ
चामल तरकारी अनि नुन महङ्गो भयो

बैगुनीलाई गुनले मर्नु पर्छ भन्छन् हजुर
गुन गर्दा नि बैगुनीलाइ गुन महङ्गो भयो

पहिले त गाउँघरमै बज्थ्ये रोधी भाकाहरु
अहिले हेर्नुस् संगीतको धुन महङ्गो भयो

देशको लागि ज्यान दिन्छु भन्नेहरु आज
दिदैंन म भन्दै भन्छन् खुन महङ्गो भयो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, March 9, 2013

185 . देखियो हजुर सम्बन्ध कस्तो - कस्तो

देखियो हजुर सम्बन्ध कस्तो - कस्तो
सम्बन्ध भित्रकै ति द्वन्द कस्तो -कस्तो

कुकुर मर्दा पनि ढुंगा-मुढा चक्का जाम
अनौठो छ हजुर याँ बन्द कस्तो - कस्तो

लेख्नेले लेख्नुहुन्छ छन्द मिलाई गजलहरु
पढ्दा मज्जा आउने छन्द कस्तो -कस्तो

फूलहरु फुल्छन् र त माहुरीहरु झुल्छ्न्
साँच्चै फूलहरुका सुगन्ध कस्तो -कस्तो

तिनै नेता हाम्रै भोटले छिरे राजधानीमा
अहिले आइ गर्छन् घमण्ड कस्तो -कस्तो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, March 8, 2013

म तिम्रो हरेक ताल र सुर बन्नेछु!!

म तिम्रो हरेक ताल र सुर बन्नेछु!!
केहि वर्ष पर्ख तिम्रो हजुर बन्नेछु!!

तिमीलाई मेरो जीवन साथि चुनि!!
त्यो सिउँदोको म सिन्दुर बन्नेछु!!

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


Thursday, March 7, 2013

184. मन भित्र मायाको मधुमास पलाएको छ

मन भित्र मायाको मधुमास पलाएको छ
अझै केहि गर्छु ममा विश्वास पलाएको छ

तिमि आयौ मेरो जीवनमा बहार बनेर
अँध्यारो जीवनमा प्रकास पलाएको छ

दुसित मौसम स्वास फेर्ने गाह्रो थियो याँ
तिमि आयौ र स्वच्छ बतास पलाएको छ

अब त म उडेर चन्द्रमा पनि छुन सक्छु
मनभित्र मायाको मुना खास पलाएको छ

जिंउँदो लास भइ घिसार्दै थिएँ मेरो जीवन
साँच्चै अहिले न्यानो आभास पलाएको छ

रोहित राना
बुटवल रुपन्देही
हाल-काबुल अफगानिस्थान

Tuesday, March 5, 2013

183. हिजोआज कस्ताकस्ता समाचार आउँछन्

हिजोआज कस्ताकस्ता समाचार आउँछन्
पत्यारै लाग्दैन तै पनि बारम्बार आउँछन्

कुकुर मर्दा पनि हजुर शहिद घोषणा गर्नु पर्ने
नगरी सुखै छैन टाउकोमा हतियार आउँछन्

भाइचाराको भावनालाइ खेलवाड गरि गरि
आफै विचार पु-र्याउनु पर्छ याँ गद्दार आउँछन्

लोग्ने मान्छेले रुन हुन्न भन्छन् र पनि
मेचीकाली उर्ली आखाँमा अश्रुधार आउँछन्

खै कसैले नबुझ्ने भयो जनताको पिर व्यथा
मात्र लाचारी लाचारी हजुर सरकार आउँछन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, March 3, 2013

182 . अन्तमा आइकन मलाई छाडी उसले

अन्तमा आइकन मलाई छाडी उसले 
लौन हजुर जिउंदै जलाई छाडी उसले 
विस्वास मैले उसैलाई गरि रहें गरि रहें 
आज आएर छ्ल्नु छलाई छाडी उसले 
भनेकै जति उसले गरेको थिएँ नि मैले त  
किन हो कुन्नि अति नै डलाई छाडी उसले 
आफ्नै खुट्टामा उभिने प्रयास गर्दैथें म  
तैपनि हेर्नुहोस् हजुर ढलाई छाडी उसले 
लडें भुइमा सबैले मेरै तमासा हेरी मात्र रहे
सोहि बखत तिखो छुरा चलाई छाडी उसले 
रोहित राना  
बुटवल-१३रुपन्देही 
हाल- काबुल,अफगानिस्थान