WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, January 10, 2013

उनको नामको उजुरी आको छ

आज उनको नामको उजुरी आको छ
उन्ले गरेको कामको उजुरी आको छ

सजाय जरुर दिनुपर्छ भन्दै थिए
चोरीन् भन्दै दामको उजुरी आको छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, January 9, 2013

152. जिन्दगी मेरो दर्दमा चलाउँदैछु

जिन्दगी मेरो दर्दमा चलाउँदैछु
ऋण मागेको खर्चमा चलाउँदैछु

सबैको छि-छि र दुरदुरमा छु म
साँच्चै अर्थ न ब्यर्थमा चलाउँदैछु

कुर्दा उनैलाई धेरै बसन्त पार गरेँ
आज अठ्ठाइसौं बर्षमा चलाउँदैछु

जसो तसो चलाउनु नै पर्ने जीवन
मात्र दुखैदुखको स्पर्समा चलाउँदैछु

यो जीवन तिम्रै हो "रोहित"भन्ने
उनको यहि एक शर्तमा चलाउँदैछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

भट्टी पस्न मन लाकोछ

आज सानिको भट्टी पस्न मन लाकोछ
छेउमा गएर उनैसंग बस्न मन लाको छ

मिठा-मिठा गरेर बात पिउंदै सराबी मात
बेस्कन अंगालोमा कस्न मन लाको छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

151.दिउसै हुन्छ किन्-बेच हतियार काठमाण्डौमा

दिउसै हुन्छ किन्-बेच हतियार काठमाण्डौमा
हुन्छ सोझा-साझाकै नर-संहार काठमाण्डौमा

दोहोरी अनि डिस्को भरी देखें हाम्रै दीदी बहिनी
गर्दा रहेछन् खुब देहको व्यापार काठमाण्डौमा

न कसैले सुन्यो न कसैले बुझ्यो हाम्रो यो पिडा
मर्नु लाग्दा पनि पाइन्न उपचार काठमाण्डौमा

सपनाको शहर ठान्नु भूल त हाम्रै रहेछ हजुर
कसरि ज्युनु छैन बाँच्ने आधार काठमाण्डौमा

जो देखें सो लेखें "रोहित"लाइ गल्ति नठान्नु
लागिराछ आफैभित्र  धिक्कार काठमाण्डौमा

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, January 8, 2013

जीवनको गतिमा अंकुश लगायौ

जीवनको गतिमा अंकुश लगायौ
बाँकी भाको मतिमा अंकुश लगायौ

सबै मैले सहेर हेरी मात्र रहेँ उन्लाई
भए भरको जतिमा अंकुश लगायौ


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, January 7, 2013

150.यहाँ हरेक प्रश्नहरु उत्तर खोज्दैछन्

यहाँ हरेक प्रश्नहरु उत्तर खोज्दैछन्
मेरा पाइलाहरु नि सफर खोज्दैछन्

आँशुले नै निथ्रुक्क भिजेको जीवन
मन्द मुस्कानको लहर खोज्दैछन्

आन्दोलन नगर भनेको के थिएँ मैले
मलाइ नै हिर्काउन पत्थर खोज्दैछन्

उता हेर गल्लिभरि सडक बालकहरु
उनीहरु रात बिताउन घर खोज्दैछन्

'रोहित'लाइ निकै दुर्बल  ठान्नेहरु नै
दिनलाई फेरी पुन:अवसर खोज्दैछन्


@copyright
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

खोज्दैछु पहिचान लाल्टिन बालेर!!

खोज्दैछु पहिचान लाल्टिन बालेर!!
हराएको संबिधान लाल्टिन बालेर!!

दिनरात नभनी खोजिरहेछु सुनौलो !!
हराएको त्यो बिहान लाल्टिन बालेर!!


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान