WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, January 6, 2013

149.उस्ले मलाई किन हो कुन्नि छुरी देखायो

उस्ले मलाई किन हो कुन्नि छुरी देखायो
के गर्या हँ भन्दा झन् ठुलै खुकुरी देखायो

सम्झाउन के खोज्दैथ्यें बाघ झैँ झम्टियो
तँलाई पनि छोड्दिन भन्दै चुरीफुरी देखायो

समाजमाछस् चरित्रहिन काम नगर भन्दा
मलाई नै मर्ला कि झैं गरि पाखुरी देखायो

मैले बुझें उ कसैको प्रेममा पागल भाको रैछ
एक्ल्लीएको किन भन्दा लामो दुरी देखायो

मानव भएर किन पशुको व्यहार तेरो भन्दा
रहर त होइन रोहित भन्दै मजबुरी देखायो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

148.अलि लचिलो बन्नुस भन्ने सुझाव आकोछ

अलि लचिलो बन्नुस भन्ने सुझाव आकोछ
प्रेमपत्र अनि साथमा रातो गुलाव आकोछ

जोड -घटाउ तल- माथि हुन्न मायामा तैपनि
बिग्रिएछ मिलाउनुहोस् भन्दै हिसाब आकोछ

गल्ति जसले गरेता पनि सजाय पाउनै पर्छ
बुझेर फैसला गर्नुस न्याय निसाफ आकोछ

भट्टीमा छौ र पनि किन रित्तो तिम्रो गिलास
छेउमै भरि-भराउ एक बोत्तल सराब आकोछ

म अनपढ भएर बिग्रिएं तिमि त बुझकारछौ
सुन्छु हामीलाई शिक्षित पार्ने किताब आकोछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


Saturday, January 5, 2013

147.मैले लेखेको गज़ल मन परेन रे उन्लाई

मैले लेखेको गज़ल मन परेन रे उन्लाई
सम्झिएको हरपल मन परेन रे उन्लाई

पिरतीको कोशेली नदिएको पनि होइन 
दिएको फूल कमल मन परेन रे उन्लाई

मुर्ख हुनु कसरि सक्छु र तिमि नै भन
छु'म सोझो असल मन परेन रे उन्लाई

केहि गरौँ देशमै भनि खोलें पान पसल
भएको चहलपहल मन परेन रे उन्लाई

विदेश लान्छु भनि फसायो त्यो पापीले
फसि हालें दल-दल मन परेन रे उन्लाई


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, January 4, 2013

146.कहिल्यै पूर्ण आएनन् मात्र आधाहरु आए

कहिल्यै पूर्ण आएनन् मात्र आधाहरु आए
जिन्दगिभर नै अडचन अनि बाधाहरु आए

उसंग तुलना गर्न मिल्दै मिल्दैन मेरो कथा
समथर आएनन् कहिल्यै मात्र डाँडाहरु आए

फूल सोंच्यो जिन्दगि घोंची रहन्छ आफैलाई
पनछ्याउनै गाह्रो भो बिझाउने काँडाहरु आए

मेरै नजिकैको भाग भरिभराउ छ भन्दै बसें म
तर अगाडी त मात्र केवल रित्ता भाँडाहरु आए

कलियुगको कृष्ण हौ "रोहित" तिमि भनिकन
बल्ल आज एकहुल गोपिनी अनि राधाहरु आए

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

आजकाल त खै के के लेख्छु लेख्छु

आजकाल त खै के के लेख्छु लेख्छु
सपानामा पनि उनलाई मात्र देख्छु

भन्दा हजुरलाइ विस्वास नलाग्ला
जुन र घामलाइ पनि हत्केला छेक्छु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Thursday, January 3, 2013

145.ए मन बिनासित्तैमा तँ डुल्दै हिंडछस् किन हँ

ए मन बिनासित्तैमा तँ डुल्दै हिंडछस्  किन हँ
भिर-पाखा पनि नभनि फुल्दै हिंडछस् किन हँ

इर्ष्या अनि डाहा  तँलाई कति गर्नु पर्ने हगि
कुरा काट्दै शिखर ति चुल्दै हिंडछस् किन हँ

छिन् भरमै पुर्व त छिन् भरमै पश्चिम पुग्छस्
बकम्फुसे रवाफमा तँ भुल्दै हिंडछस् किन हँ

कहिले त्यो हावासंग कहिले नदिसंगै बग्छस्
उदारताको चिनारी दिंदै खुल्दै हिंडछस् किन हँ

तँ त्यस्तै नै छस् दोष कस्लाई दिनु र खै मैले
जस्तो आफु साथि उस्तै बटुल्दै हिंडछस् किन हँ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, January 1, 2013

144.अजम्बरी रहिरहने सबै म अमृत बनाउँछु

अजम्बरी रहिरहने सबै म अमृत बनाउँछु
अमृतले पनि जहरलाइ गर्ने प्रित बनाउँछु

जित्नेहरुको मात्र यहाँ हाई -हाई हुने किन
अब मैले हारेकाहरुको पनि गीत बनाउँछु

जुन अनि घाम कहिल्यै भेट हुँदैनन् किन?
पख्नुहोस् म घामलाइ जुनको मित बनाउँछु

बिर्सेछन् नयाँ पुस्ताले ति पुराना चलनहरु
याद गराउने उनीहरुकै लागि रित बनाउँछु

कार्यन्वयन हुनु जरुरीछ नयाँ कार्यको यहाँ
सोहि कार्य नयाँ पुस्तालाई लत्क्षित बनाउँछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान