WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, May 30, 2013

235. सबै देउताहरु पुजेर आको छु

सबै देउताहरु पुजेर आको छु
अनि गाँठी कुरा बुझेर आको छु

विदेशिंदा इमान बेचेको छु मैले
त्यसैले त शिर झुकेर आको छु

सगरमाथा हराएको खबर सुन्छु
खोज्नलाइ नै म कुदेर आको छु

सराबी पन के हो तिम्लाई के था?
सोध मलाई सराबमै डुबेर आको छु

जुनदिन तिमीले मेरो बस्ति उठायौ
त्यैदिन देखि सडकमै सुतेर आको छु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"