WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, May 28, 2013

234. हाँसो छैन ति ओठमा मुस्कान हराए पछि

हाँसो छैन ति ओठमा मुस्कान हराए पछि
एक्ली छिन् आमा छोरो जवान हराए पछि

शहिदका सालिक पनि मौन बस्न वाध्य छन्
आज आइ अस्तित्व र पहिचान हराए पछि

अश्रु धारा बगाएर रुन्छिन् नेपाल आमा सधै
र निकै चिन्तामा छिन् संबिधान हराए पछि

सधैभरि मौन भइ पुजाआजा गर्ने तिनै पुजारी
आज भने मुर्मुरिदैथ्ये पाएको दान हराए पछि

यता रुवाबासि छ सरकारलाइ केहि वास्ता छैन
बिचरा!गन्तव्यमा नै नपुगी विमान हराए पछि

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"