WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, August 28, 2013

267. हृदय नै दुखाउने, के यो माया हो त ??

हृदय नै दुखाउने, के यो माया हो त?
र बेचैन बनाउने, के यो माया हो त?

एकपल नदेख्दा नि,छट्पटीन्छ मन
सम्झनाले सताउने, के यो माया हो त?

मनै भरि मृगतृष्णा, घुमिरन्छ संधैं
र सपनीमा आउने, के यो माया हो त?

मनले मन खाएसी, कस्को के लाग्छ र
झनै दिल जलाउने, के यो माया हो त?

मिलन बिछोड किन, हुन्छ याँ हजुर
धर्धरी नै रुवाउने, के यो माया हो त?

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Monday, August 26, 2013

266. कसम यस्तो राजनीति पटक्कै मन पर्दैन

कसम यस्तो राजनीति पटक्कै मन पर्दैन
हृदय गाल्ने मायाप्रिती पटक्कै मन पर्दैन

कोमल नयनमा नै राख्नेछु प्रिया तिमीलाई
अरुका हेर्ने गीद्धेदृष्टि पटक्कै मन पर्दैन

पहिलेदेखि चलेको चलन भनेर के गर्नु
कु-संस्कार अनि कुरीति पटक्कै मन पर्दैन

सोँच्दै नसोंचेका आपतहरु निम्त्याउँछ यस्ले
यो बिनाशकारी प्रकृति पटक्कै मन पर्दैन

संबिधान बनाउछु भनेको त वर्षौं भैसक्यो
मात्र सारी रहन्छन् मिति पटक्कै मन पर्दैन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Sunday, August 25, 2013

265. हिंड्दै गर्दा दोबाटोमै रोकिन्छ निमुखालाइ

हिंड्दै गर्दा दोबाटोमै रोकिन्छ निमुखालाइ
नभाको नितिनियम तोकिन्छ निमुखालाइ

हाकिमले हेप्छन् ,हेप्छन् कर्मचारी पनि
मिठो बोल्दा उल्टै ठोकिन्छ निमुखालाइ

कसम खाइ गल्ति गरेकै होइन भन्दा पनि
हुँदै नभाको आरोपमा पोखिन्छ निमुखालाइ

राम्रोलाइ राम्रो नराम्रोलाई नराम्रो भन्दा झनै
बोलि बन्द हुने गरि खोकिन्छ निमुखालाइ

दुधको दुध पानिको पानि छुट्याउँछु भन्दै
सुन जोख्ने तराजुमा जोखिन्छ निमुखालाइ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Saturday, August 24, 2013

264. म सोँचिरहेछु यो हैरानी कहिले सम्म

म सोँचिरहेछु यो हैरानी कहिले सम्म
आफन्तले नै गर्ने बैमानी कहिले सम्म

पराइको दुख आफ्नो ठान्ने कमै हुन्छन्
यसरी बनि रहन्छौ दानी कहिले सम्म

यो तिथिमिति खै किन सारी रहन्छन् भन्या
संबिधान बिनाको राजधानी कहिले सम्म

निशाना लगाए पछि वारपार हुनुपर्छ मित्र
केवल ताकिरहन्छौ निशानी कहिले सम्म

बेलैमा छान्नु मन मिल्ने जीवनको साथी
थाँती राख्छौ त्यो लर्के जवानी कहिले सम्म


22 August-13
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal" 

Monday, August 19, 2013

263. निर्जीव ढुङ्गा माटोमा म जीवन देखिरहेछु

निर्जीव ढुङ्गा माटोमा म जीवन देखिरहेछु
खोले ,सिस्नु र आँटोमा म जीवन देखिरहेछु

बिर्सी सक्यो यो सरकारले त्यो द्वन्दको घाउ
पुरानो घाउको खाटोमा म जीवन देखिरहेछु

भो अब तिमीलाई आफ्नो बनाउन सक्दिन
सिउँदोको त्यो रातोमा म जीवन देखिरहेछु

मात्र एक पाटोले जीवन कसरि चल्छ हजुर
सिक्काको दुइ पाटोमा म जीवन देखिरहेछु

एउटा आगो हुँदा अर्को पानी हुन जरुरी छ है
चिसो अनि त्यो तातोमा म जीवन देखिरहेछु

म पनि हिंडीरहेछु तिमि पनि त हिंडीरहेछौ
हामी हिंड्ने ति बाटोमा म जीवन देखिरहेछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"


Sunday, August 18, 2013

262. मेरो प्रश्न छ ?अँध्यारोसंग उज्यालोसंग

मेरो प्रश्न छ ?अँध्यारोसंग उज्यालोसंग
बाघ भन्दै गज्रिने त्यो ढाडे बिरालोसंग

मै हुँ भन्नेहरुलाइ यो चुनौती भो मेरो 
के तिमिहरु डराउदैनौ र? भुइचालोसंग

रातदिन पसिना बगाए नि खान पुग्दैन 
खै के दु:ख बिसाउँ हजुर यो कोदालोसंग

स्वास्थ्य नै 'धन' हो यो बुझ्नु जरुरि छ
डराउनु पर्छ ज्वरोसंग अनि पखालोसंग

नेपाली हुँ मलाई मेरै माटो प्यारो लाग्छ
र त परिचित छु ओरालोसंग उकालोसंग

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्" 
"Buddha was born in Nepal"

261. ति नजरको तीरले घायल भाको छु

ति नजरको तीरले घायल भाको छु
झनै तिम्रो प्यारले पागल भाको छु

मौसमसँगै परिवर्तन भई रहंदा मन
पानी पानी बर्षाउने बादल भाको छु

सामिप्यता निकै बढेको छ उनिसँगै 
उनैले ओढी हिड्ने आँचल भाको छु

अरु विषयको परिक्षामा फेल भए नि
प्रेमको परिक्षामा त सफल भाको छु

जिन्दगि झरनासरि बगिरहेको छ
र त यहाँ म निर्झर निर्मल भाको छु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्" 
"Buddha was born in Nepal"