WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, June 26, 2012

सखारै उठी असिना पसिना,पोख्दै


सखारै उठी असिना पसिना,पोख्दै छिन रे मेरी सानु
असार लाग्यो छुपुमाछुपु धान,रोप्दै छिन रे मेरी सानु 

बाउसेहरु खन जोत गर्दै छन् रे, उनि बिउ गोर्द्दै हो रे 
पानिले भिजाउछ भनी सेगुले,छोप्दै छिन रे मेरी सानु 

सिमसिम झरी पर्दै छ रे, जाडो पनि उस्तै बर्दै  छ रे 
चिसोले गर्दा अलिकति बेसी,खोख्दै छिन रे मेरी सानु 

मैले भने काम गर्नु प्यारी,स्वास्थको ख्याल पनि  गरि 
धानका बिउ डोकोमा राखी, बोक्दै छिन रे मेरी सानु 

म यता तिमि उता जसो तसो गरेर खेत रोप्नु है  भने 
हजुर नहुँदा पाएँ दुख आज, भोग्दै छिन रे मेरी सानु 


Sunday, June 24, 2012

उदाउँछ किन बिहान


उदाउँछ  किन  बिहान घाम, म सोच्दैछु
दुखाउँछ किन मन अनायासै,म सोच्दैछु

पलपल मरेर नि जिउनु पर्ने कस्तो जीवन
चुडाउँछ किन सपनाहरु व्यर्थ,म सोच्दैछु

जीवनका सहास शिथिल,हुँदैछ हिजो आज  
बुझाउँछ किन जीवनको दियो,म सोच्दैछु

उतार चढाव के-के आइ पर्ने हो जिन्दगीमा
जुताउँछ किन नसोंचेको हण्डर,म सोच्दैछु

हिजो आज दिन अनि

हिजो आज दिन अनि रातले सताउँछ
उही झुठो बोलीचाली बातले सताउँछ

गर्न गरेकै थिइन संगै ज्युने मर्ने वाचा
उनले गरेको विश्वासघातले सताउँछ



Saturday, June 23, 2012

नजिक हुंदाहुदै पनि

नजिक हुंदाहुदै पनि टाढा भएँ म 
तिम्रो घाम छेक्ने डाँडा भएँ म 

मन मुटुमै राख्दाराख्दै पनि किन 
तिमीलाई बिझाउने काँडा भएँ म 

रोहित राना 
रुपन्देही बुटवल 

प्रेम भित्र पनी द्वन्द


प्रेम भित्र पनी  द्वन्द,कस्तो अचम्म
हुंदैछ माया दुर्घन्ध,कस्तो अचम्म

हूँ म जिउंदो लाश, उठी हिंडू कसरी?
छैन मुस्कान मन्द मन्द,कस्तो अचम्म

फूलको रानी  तिमी,फुल्छौ  वेमौसममा
त्यसैले  छैन नि सुघन्ध,कस्तो अचम्म

लोभिन्छ्न रे ,देखि उन्को मस्त जवानी
हेर न विचित्र घमन्ड, कस्तो अचम्म

लेख्दैछु एउटा  गजल,मन छुन्छ छुन्न
भए झैं लाग्यो बेग्लै छन्द,कस्तो अचम्म

Friday, June 22, 2012

चोखो मेरो प्रेम मलाई


चोखो मेरो प्रेम मलाई, दिलाइदेउ न प्रिय
च्यातिएको जीवन पनि ,सिलाइदेउ न प्रिय

तड्पिएर एक्लै अब, बाँच्नु छैन मलाइ हेर
हृदयको अन्तर कुनामा,बिलाइदेउ  न प्रिय

जीवन जिउने खेल, हारेपछि


जीवन जिउने खेल, हारेपछि सिंके हजुर
उनले मलाई माया, मारेपछि सिंके हजुर

भुल उन्लाई मेरो मान्नु,हृदय भित्रै ठान्नु
साँढे संझी हलो-जुवा,नारेपछी सिंके हजुर

मात्र क्षणिक साथ भो, विस्वासको घात भो
आफ्नै छायाँले आफु,लघारेपछि सिंके हजुर

दुखको बिल्ला भिर्यो,जिन्दगीले पिर्नु पिर्यो
सुन समान आरनमा,खारेपछी सिंके हजुर

प्रेमको बिरुवा सार्नुथ्यो,फूल पनि फूलाउँनुथ्यो  
 रेग्स्थानको खरेडिमा, सारेपछि सिंके हजुर