WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, August 13, 2011

"गजल"

बत्तीस गूर्णले भरिपूर्ण, अहा कती जाती तिमी
सही मार्ग दर्शन दिने, मेरो जीवन साथी तिमी

लालीगुंरास ,बेली-चमेली,गुलाब यहाँ फूलेपनी
अस्तित्त्वो तिम्रो बेग्लै , हौ तिते-पाती तिमी

अँध्यारोलाई   छिचोल्दै,उज्यालो प्रकाश दिन्छौ
केवल तेल हूँ, कपासको  बाती तिमी

जानू   एक दिन, छोडेर यो संसारलाई
मै जान्छु नर्क बरु, जानू स्वर्ग माथी तिमी

"गजल"

अचम्मको पाएँ मैले, पुरस्कार काठमांडौमा
सबैबाट घिर्णा अनि,तिरस्कार काठमांडौमा

सपनाको शहर ठान्नु, भूल मेरै रहेछ  
सुनें आज धेरै ठुलो, चीत्कार काठमांडौमा

दोहरी अनि बार भरी, हाम्रै दीदी बहिनी
हुन्छन्  अरे सधैं जसो,बलत्कार काठमांडौमा

जो देंखे सो लेंखे, "रोहित"लाई गल्ति नठान्नु
लागिराछ आफै भित्र, धिक्कार काठमांडौमा

"गजल"

पल पल मरिकन,बाँच्नु पर्ने  रैछ याँहा
मन जति रोए पनि,हाँस्नु पर्ने रैछ याँहा

सुर-ताल बिना नै,बज्छ जीवनको बाजा
नजानेनी बे-तालमै,नाँच्नु पर्ने रैछ याँहा 

नचिन्दा सम्म को-हो,चिने पछि आफ्नै झैं 
आफ्नै सम्झी नातानि,गाँस्नु पर्ने रैछ याँहा

तनभरी उथल-पुथल, भुइचालो आए पनि
केवल एकमुठीसास, साँच्नु पर्ने रैछ याँहा

Monday, July 25, 2011

"गजल" मेरो मात्रीभाषामा

मगर कान्को मिस्नीखिंग माछाना, सोके परिसा
भाग्ये कानुंग यास्मले लाफा , ठोह्के परिसा

पट्ट मगर काट छानप्याक, कुचेई हीर माजात्ले
कुरिक ख्यांके कानुंग कर्म, गोह्के परिसा

कानुंग धूंट, कानुंग आर्मीन, पट्टके न तनाक्के ले
कान्को ह्ववाके सेह्च लाम, कोह्के परिसा  

लखन थापाए याह्च बलिदान, म्ह्याक्के माछान्ने
कुलाक नुंमले कानुंग अस्तीत्त्व, घोह्के परिसा
 
हुतांग हूत दानीखिंग,लक्ष्य काट लानिखिंग
कान को के हेला जात्चकोके, जोके परिसा

"गजल"


उनकै यादमा हल्का, पिएको मज्जा अर्कै थियो
त्यसै त्यसै तड्पिएर, जिएको मज्जा अर्कै थियो

उनि घरदेश परदेश,मनको भने नजिकै थियौं
च्यातिएको आफ्नै जीवन,सिएको मज्जा अर्कै थियो

सान्त्वना दिन्थ्ये उनलाई, कुरी राख्नु आउछु भनि
छुत्तिनेबेलामा जालेरुमाल, दिएको मज्जा अर्कै थियो

याद आउँछ उनकै हरपल, हरछर्ण घरिघरि
साट्दै माया एकआपसमा,लिएको मज्जा अर्कै थियो

My first Recorded Song

My first Recorded Song in my life>>>Baiguni po raichhau timi...Chhadi diyeu Saathaharu!!!!(
बैगुनी पो रैछौ तिमी छाडी दीयौ साथहरु )

Promo of my Album "Reality".