WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, March 31, 2013

198. जसरि भए पनि उसलाई बचाउँछु म

जसरि भए पनि उसलाई बचाउँछु म
अनाथ अनि गरिबहरुलाई सघाउँछु म

बाँचुनजेल त रहेछ ना ना भाँति चाहिने
भाका सम्पति आश्रममा नै बुझाउँछु म

कठै!गाउँभरि सबलाई झाडापखाला भएछ
पख्नुस् तुरुन्तै स्वस्थ शिविर बसाउँछु म

अझै पनि हिँसा र द्वन्द देशैभरि बढेकै छ
देशभरि नै शान्तिको बिगुल बजाउँछु म

किसानको छोरो किसान बन्न के को लाज?
बाउले झैँ कुटो अनि कोदालो समाउँछु म

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान




Thursday, March 28, 2013

197. सुन्छु गजल लेखनकै अभियान हराएछ

सुन्छु गजल लेखनकै अभियान हराएछ
अझै गजलकार भन्ने पहिचान हराएछ

वर्षौं वर्ष भैसक्यो छोरो बिदेशिएको पनि
तिनै बुढी आमाको छोरो जवान हराएछ

त्यो मान्छे तस्बिर देखाइ रुँदै हिंडेको छ
अहो!बालबच्चा घरपरिवार जहान हराएछ

प्रकृति पनि कस्तो विनाशकारी हुन सकेको
निर्दोष ति चराचुरुंगीको वासस्थान हराएछ

हजारौं यात्री बोकेर उडेको विशाल विमान
कठै! गन्तव्यमा नपुग्दै विमान हराएछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, March 27, 2013

196. जमघट ठुलैछ सायद कुनै छलफल हुनु पर्छ

जमघट ठुलैछ सायद कुनै छलफल हुनु पर्छ
संग्रह बिमोचन पो रहेछ पक्कै गजल हुनु पर्छ

अन्तर जातीय हाम्रो प्रेम स्विकारेन समाजले
खै के भनुँ जातले गर्दा भाको हलचल हुनु पर्छ

प्रेमको चिनो के दिउँ भनि उहाँ सोँच्दै हुनुहुन्छ
दिउँ भनेर सोँचेको चाहिँ ताज महल हुनु पर्छ

केहि नबोल्ने मित्र आज ठुलाठुला कुरा गर्यो बा
पक्कै उस्ले पिएको सोमरसकै बोत्तल हुनु पर्छ

तिम्रो अनुहारमा केहि चमक पो देख्छु त प्रिय
सायद श्रिङ्गारमा भाको केहि फेरवदल हुनु पर्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, March 25, 2013

मुक्तक ...मन यति त रुँदैन

गाउँघर सम्झी मन यति त रुँदैन !!
मनमा खुसीले किन हो छुदै छुँदैन!!

परदेशी जीवन दिन रात कामै काम!!
चाडवाड आउँछ जान्छ पत्तै हुँदैन !!

रंङहरुको पर्व होलीको पावन अवसरमा समस्त देश विदेशमा छरिएर रहनु भएका नेपालीहरुमा कार्य सफलताको कामना सहित हार्दिक मंगलमय शुभ कामाना "Happy Holi"


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

195 . चोरि , तस्करी यस्ता काम नभएकै राम्रो

चोरि , तस्करी यस्ता काम नभएकै राम्रो
अझै इज्जत फाली बदनाम नभएकै राम्रो

कसरि सकेका निर्दोष माथि अत्त्याचार गर्न
दिन दहाडै हत्त्या हरे राम-राम नभएकै राम्रो

आफ्नाले आफ्नैलाई रिस डाह गर्छन् हजुर
म त भन्छु यस्तो छल -छाम नभएकै राम्रो

किन गर्छौ हे? नेपाल बन्द ए बेकम्माहरु
यस्तो ढुंगामुढा चक्का जाम नभएकै राम्रो

मनै शितल पार्ने जुनेली रातै काफी छ मित्र
बरु त्यो टन्टलापुर् चर्को घाम नभएकै राम्रो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, March 23, 2013

194. अहो! उसको किराना पसल लिलाम भएछ

अहो! उसको पुस्तक पसल लिलाम भएछ
साथमा भाएको संग्रह गजल लिलाम भएछ

साक्षि यहीँछ रामसिताले बिताएको मिठो पल
सुनें आज सोहि स्वर्णिम पल लिलाम भएछ

होइन ति निर्दोष फूलहरुले के नै बिगारे थ्ये र ?
अचम्म छ'बा सुन्दर फूल कमल लिलाम भएछ

हाम्रो संस्कृति र परम्परा विदेशीले किन्यो अरे
सुन्छु सारंगी, तबलासंगै मादल लिलाम भएछ

के के सुनें आज यस्तो दङ्ग छु म आफै सुनेर
प्रेमको प्रतिक त्यो ताज महल लिलाम भएछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, March 22, 2013

193. म आफ्नै बारी अनि खेत बनाउँछु

म आफ्नै बारी अनि खेत बनाउँछु
स्वदेशमै उत्पादन जाकेट बनाउँछु

बिदेशी सामान मात्र पर्योग गर्छौं हामी
अब साबुन शेम्फु र कोलगेट बनाउँछु

दुर्घटना धेरै हुन्छन् सोचें भन्दा बढी नै
त्यो  दुर्घटना नै नहुने म जेट बनाउँछु

प्रियसीहरुको बिछोडको कथा धेरै सुनें
उनीहरुको मिठो मिलन भेट बनाउँछु

खै के देखेर हो मलाई सबैले नै हेप्छन्
हेर्दै जानुस् तिन्का म चंगाचेट बनाउँछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान