WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, January 23, 2013

मेरा सृजनाले मन छोयो रे म के गरूँ

मेरा सृजनाले मन छोयो रे म के गरूँ
झनै उसको हृदय रोयो रे म के गरूँ

मेरो व्यथा मिलेछ उता त्यो संयोग हो
आँशुले नै जिन्दगि धोयो रे म के गरूँ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, January 21, 2013

160. देख्छु म त जताततै मौसम गजलको

देख्छु म त जताततै मौसम गजलको
चौतर्फी खुसियाली रमझम गजलको

प्रेम साट्दै कलियुगका मुना मदनहरु
गुन्जाउँदैछन् मिठा सरगम गजलको

सामिप्यता पनि उस्तै देख्छु हर प्रहरमा
लगाव सबैमा उस्तै'छ अनुपम गज़लको

मित्रहरु पढुंपढुं लाग्ने गज़ल कोर्नु हुन्छ
मेरो पनि बढीराछ लेख्ने कदम गज़लको

अनायासे यो दिल भित्र दुख्ने गर्दा चोटहरु
"रोहित" पनि लगाउछ मलम गज़लको

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, January 20, 2013

159. लौ'न हजुर मेरो त बिजोगमा छ जीवन

लौ'न हजुर मेरो त बिजोगमा छ जीवन
कहिल्यै निको नहुने रोगमा छ जीवन

साथीहरुले त मलाई पागलकै संज्ञा दिए
उनै प्राप्ति गर्ने ध्यान'र योगमा छ जीवन

मरी हत्त्य गर्दा नि सुन्दैनन् उनले खै किन
प्यासी प्यासी दिल यो भोकमा छ जीवन

भौंतारिदै हिंड्छु म गल्लि गल्लि चहारेर
उन्कै कसम बेवारीसे चोकमा छ जीवन

पिडा अनन्त सहिकन बाहिरी हाँसो हाँस्दैछु
कस्लाई थाहा 'रोहितको' शोकमा छ जीवन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, January 19, 2013

तिमीलाई मेरो आफ्नै भन्ने मन थियो

तिमीलाई मेरो आफ्नै भन्ने मन थियो
म पनि त तिम्रै मान्छे बन्ने मन थियो

अन्तमा आइ अर्कै चुन्यौ जीवन साथि
तिमीलाई आफ्नै भनि गन्ने मन थियो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, January 18, 2013

158. मेरा ति यारहरु आपतमा रहेछन्

मेरा ति यारहरु आपतमा रहेछन्
तिन्का प्यारहरु आपतमा रहेछन्

जात धर्म के मिलेन भन्दैछन् हजुर
उन्का विचारहरु आपतमा रहेछन्

न समाजले बुझ्यो न त कानुनले नै
खुकुरीका धारहरु आपतमा रहेछन्

बाचा भेट्ने थियो रे आएनन् रे उनि
र'त इन्तजारहरु आपतमा रहेछन्

न मुना हुन सके न मदन नै हुन सके
प्रेमका दिल्दारहरु आपतमा रहेछन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Thursday, January 17, 2013

157. मठ मन्दिरहरुसंगै ति भगवान रुँदैछन्

मठ मन्दिरहरुसंगै ति भगवान रुँदैछन्
मेरा परिवार बाल'बच्चा जहान रुँदैछन्

कसम मेरो देशको दशा देखेर हेर्नुहोस त
शहिदहरुका रगत अनि पहिचान रुँदैछन्

बनायो हतियार जाइ लाग्यो उसै माथि नै
चमत्कारी वैज्ञानिक र उन्का ज्ञान रुँदैछन्

अशिक्षित भए पनि जहाज उडायो है उसैले
अचम्म भो मै-हुम भनाउदा विद्वान रुँदैछन्

गरि खान दिएनन् देशमा विदेशिएँ म पनि
सम्झि मेरो देश मसंगै मेरा शिरान रुँदैछन्

इच्छा हो जन्मिनु नेपाल आमाको कोखबाटै
गर्वमै तुहिएँ भन्दै धारा र संबिधान रुँदैछन्


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, January 16, 2013

156. अब जुन-घामका प्रकाश बोल्नेछन्

अब जुन-घामका प्रकाशहरु बोल्नेछन्
मारिएका शहिदका लाशहरु बोल्नेछन्

ज्युदै गाड्यो हैन लाज पचेका कुकुरहरु
अस्तुसंगै खरानीका रासहरु बोल्नेछन्

अति गर्यो हुँदा हुँदै अत्याचार पनि गर्यो
तिम्रो बिरोधमा अब प्रबासहरु बोल्नेछन्

आफै नोकर राख्दै दास प्रथा हटाउ भन्छन्
पख तिम्रै खातिर तिनै दासहरु बोल्नेछन्

देश बिगार्ने यिनलाइ ज्युदै जलाउन पर्छ
तिम्रो बिपक्षमा सत्य नाशहरु बोल्नेछन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान