WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, August 6, 2012

उनको अनि मेरो, निशान एउटै


उनको अनि मेरो, निशान एउटै
सधैं सधैं ब्युझाउने,बिहान एउटै

जीवन र मरण,खै कस्ले बनायो?
आखिर हुने सबको,चिहान एउटै


शुभ पल सम्पूर्ण मित्रहरुमा


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Sunday, August 5, 2012

बेकार रैछ जिन्दगी यो, भरै नभए पछी


बेकार रैछ जिन्दगी यो, भरै नभए पछी
मात्र हेला खेप्नु पर्ने नाम,थरै नभए पछी

विद्याको मन्दिर पनि, रित्तो छ हिजो-आज
जीवन दर्शन दिने कस्ले, सरै नभए पछी

लाला-बाला लीइ जाउँ कहाँ,सोंच्दैछन उनि
कस्तो हुन्छ उन्लाई था'छ , घरै नभए पछी

वन-जंगल सुन्य भयो,पंछी बसाइ सरे देखि  
कस्ले चिरबिर गाउनु अब, चरै नभए पछी

वास्तविक्त्ता त्यही हो, एक्लो हुँदाको पिडा
पिपल पनि रुंदैछ  साथमा, बरै  नभए पछी

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
6th-Aug-12

Saturday, August 4, 2012

जिन्दगीले दियो खोट उस्तै


जिन्दगीले दियो खोट उस्तै
दर्दनाक पीडाहरु चोट उस्तै

टिपूंला भन्थ्यें, फल मायाको
पिरैपिर मात्र फल्ने बोट उस्तै

Friday, August 3, 2012

अझै उनको लागि दिलमा ठाउँछ भन्नु है


अझै उनको लागि दिलमा ठाउँछ भन्नु है
अब छिट्टै फर्किएर गाउँमा आउँछ भन्नु है

झ्याउरे हाम्ले गाएको, याद ताजै छ मन्मा
दौँतरीसंगै मिठो भाका फेरी गाउँछ भन्नु है

विडम्वना मेरो पनि, विदेशिनु पर्यो हजुर
उनकै यादमा सिरानी भि'जाउँछ भन्नु है

बाचा उन्लाई गरेको थिएँ,ल्याइदिन कोशेली
साँच्चै नभुली मायाको चिनो ल्याउँछ भन्नु है

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
4th-Aug-12

Wednesday, August 1, 2012

इतिहासमा भेटिएको,कथा लेख्छु म'त


इतिहासमा भेटिएको,कथा लेख्छु म'त
सारंगिले रेटिएको, कथा लेख्छु म'त

बेग्लै छ यस्को गाथा,अग्लो सगरमाथा
हिमालमा मेटिएको, कथा लेख्छु म'त

भृकुटी सिता माता,हुन् हाम्रै ज्ञान दाता
बुद्धत्व्मा लेखिएको, कथा लेख्छु म'त

गोर्खालीका सन्तान,बेग्लै छ पहिचान
वीरगाथामा देखिएको,कथा लेख्छु म'त

नेपालि हामी चुक्दैनौं,झुक्दा पनि झुक्दैनौ
डाँडाकाँडाले छेकिएको, कथा लेख्छु म'त

Tuesday, July 31, 2012

मेरो अन्तर्वार्ता

BFBS Radio Nepal को चिनारी कार्यक्रममा तुलसी बस्नेतले लिनु भएको मेरो अन्तर्वाता। Listen and Download Download : Click Here to Download Thank you,

Monday, July 30, 2012

म एउटा विशाल प्रकास खोज्दैछु

म एउटा विशाल प्रकास  खोज्दैछु
सबैको त्यसैमा विस्वास खोज्दैछु

होस् शसक्त उस्को प्रत्येक भूमिका
गर्न सक्ने अदम्य सहास खोज्दैछु

विश्वले चिनोस् उस्को नाम र  काम
बहादुर निडर अमर  खास खोज्दैछु

सुखै सुख छाओस्  अनि शान्ति पनि
खाने गरिब निमुखाको,गास खोज्दैछु

धेरै देखें दानवपन  यिनै मनाव भित्र
सखाप पार्न यिन्को सत्यनास खोज्दैछु


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
31st-July-12