WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, July 20, 2012

पापी समयलाई पैसाले किन्नु

पापी समयलाई पैसाले किन्नु पाए हुन्थ्यो 
को छ उस्को मनभित्र चिन्नु पाए हुन्थ्यो 

खालि छ कि दिल उन्को,जान्न मन लाग्दैछ 
मागी घरकासंग कुरा पनि,छिन्नु पाए हुन्थ्यो 

Thursday, July 19, 2012

निश्चल चोखो मायाको,खानी हौ तिमी


निश्चल चोखो मायाको,खानी हौ तिमी
मिठो मह दिने माहुरीको,रानी हौ तिमी

सपनीमा केवल तिम्लाई,देख्छु मैले हेर
कोमल मेरा दुई आँखाको, नानी हौ तिमी

तिमी बिना अपूरो, जिन्दगीका पलहरु
जीवन्त सधै रहने, जिन्दगानी हौ तिमी

पिउन सबैले खोज्ने, अमृत पाए याँहा
मैले पिउने निर्मल निर्झर,पानि हौ तिमि

सुरु भयो तिमी देखि,यात्रा जिन्दगीको
धड्कीने ढुकढुकीको, राजधानी हौ तिमी



Wednesday, July 18, 2012

माया अनि पिरतिको पोको खोलिन उन्ले


माया अनि पिरतिको पोको खोलिन उन्ले
नितान्त शुद्ध पवित्र  चोखो खोलिन उन्ले

तिम्रै काखमा निदाउन चाहान्छु म भन्दै
मलाइ आफ्नो बनाउने धोको खोलिन उन्ले

तिमीसंग प्रीत बस्दा, सपना देख्न सुरु भयो



तिमीसंग प्रीत बस्दा, सपना देख्न सुरु भयो 
त्यसैबेला गजलका, शेरहरु लेख्न सुरु भयो

यस्तो लाग्थ्यो उनकै लागि, जे पनि गर्छु म
अन्मीएर गइन उनि ,डाँडैले छेक्न सुरु भयो

स्वार्थी रैछ संसार, विस्वास गर्नु भुल मेरै
एक्लो भएँ आज म,समाजले चेप्न सुरु भयो

तिमि मुना म मदन, यस्तै सोच्थ्यें सधैभरी
पागल भइस"रोहित"भन्दै,सबैले हेप्न सुरु भयो

Tuesday, July 17, 2012

दुरीले मात्र अलि टाढा थियो


दुरीले मात्र अलि टाढा थियो
माया भने उस्तै गाढा थियो

याद पल पल आउंथ्यो सधै नै
समय परिस्थिति बाधा थियो

गीत कसरी गाऊँछन, गाउनेलाई



गीत कसरी गाऊँछन, गाउनेलाई थाहा होला
माया कसरी लाऊँछन,लाउनेलाई थाहा होला

टिप्न खोज्छन सबैजना,प्रीतको सुन्दर फूल
फूल टिप्न बगैचामा, धाउनेलाई थाहा होला

अनविज्ञ छू-म कस्तो हुन्छ, प्रेमको कोसेली
नाना-थरी उपहार त्यो, पाउनेलाई थाहा होला

पर्खि बस्नु देउरालीमा, भेट्न आऊँछू भन्थीन
ढाँटी रोहितलाइ भेट्न,न'आउनेलाई थाहा होला




Monday, July 16, 2012

आइत र सोमबारले


आइत र सोमबारले ..केहि गरेन
माया अनि प्यारले ...केहि गरेन

साथी भन्दा माथि ...ठानेकै थिएँ
झुठो मायाको प्रहारले केहि गरेन