WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, April 28, 2012


"ग़ज़ल"
मागेथें मायाको एक बूंद, तिम्ले अपार दियौ
अजम्बरी अनमोल अनन्त,अहा! प्यार दियौ

जिउदो लाश भनीकन,धेरैले गिजाय मलाई
केवल तिम्ले जीवन-जिउने,एक आधार दियौ

पवित्र तिम्रो मायासंगै, स्नेह पनि पाएं मैले
जीवन परिवर्तनको लागी ,मिठो प्रहार दियौ

धेरै संगाले जीवनका,तितामिठा अनुभूतिहरू  
प्रगाद प्रेमरूपी कोशेली, सुनौलो  संसार दियौ

Tuesday, October 4, 2011

"गजल"

अर्को साल  दशैंमा अवस्य, आऊँछू  आमा
चुहिएको खरको छानो, पनी छाऊँछू आमा  

के गर्नु यो कर्म, लेखेको रैछ  बिदेशिनु
साथी संगी देउसी भैलो, पनी गाऊँछू आमा

लहलह धानका बालाझुल्दै होला गाह्रा भरी
लेक बेसी मेला पात, पनी धाऊँछू आमा

बात चित गरी संके, आउन अर्को साललाई 
जसरी नि छुट्टी मैले, पाऊँछू-पाऊँछू आमा  

"गजल"

कु-सन्तान नबन भनी,रुन्छिन नेपाल आमा 
मनको मैलो आँशुलेधुन्छिन नेपाल आमा

सखारै उठी लाग्छिन  ,सबैको हेर-बिचारमा
संधै मायालु-दयालु, हुन्छिन नेपाल आमा

के होला मरे, सारा सन्तानहरु भन्दै
ना-ना भाँति सपना, बुन्छिन नेपाल आमा

सत्रु-मित्रु चीनी'कनदेशको बिकास गर्नु है 
पीर-व्यथा सबै को, सुन्छिन नेपाल आमा

सिमाना किन मित्छौ, भन्दै छिमेकिलाई
यस्तै गरे सब नाका,ठुन्छिन नेपाल  आमा

"गजल" दशैं विशेष

छुट्टी मैले मागेकै हो तर,नपाउने भएँ आमा 
यसपाली नि दशैंमा घर, नआउने भएँ आमा

ताजै   पोहोर चा-चाहुई, गर्दै खेलेको पिङ
मालाश्री मिठो भाका'नि, नगाउने भएँ आमा
  
मनसुन अली लामै 'रे, झरि परेको सुन्छु
खर-फाली तिनको छानो,नछाउने भएँ  आमा 

लहलह धानका बाला,गह्राभरी झुल्दै होलान  
हजूर'संगै तल-बेसी-बारीनधाउने भएँ आमा

आउँछ छोरो भनीकन, जमरा राख्यो होला
शुभ-साइतको टिका मैले,नलाउने भएँ आमा

Monday, September 19, 2011

"गजल"

दशैं आयो  उही घर अनिगाउँको याद आऊंदैछ 
पिरै-पिरले भरिएको गहिरो,घाउको याद आऊंदैछ 

मनले  जान्छु भन्छु स्वदेश, तर पनि थामिबसेछु
तिर्नु पर्ने बांकी' ऋण त्यही,साहुको याद आऊंदैछ

पिंदिमा बसी बाटो हेरी बूढी आमा, टोलाउँदै होलिन
अझ निकै बेसी किन हो बुढो,बाउको याद आऊंदैछ

टिका जमारा लगाए पछि , आशीर्वाद पनि दिन्थें
शिर-नुघाई ढोग्ने उनै गोडा ,पाउको याद आऊंदैछ