WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, May 7, 2013

224. म त हजुर हतियार देखेर तर्सिएँ

म त हजुर हतियार देखेर तर्सिएँ
महंगीको ठुलो बजार देखेर तर्सिएँ

विज्ञापनमा मेरै घर लिलाम छ बा
लौ'न हजुर यो अखबार देखेर तर्सिएँ

मनोनयन नि भ्रष्ट मान्छे गर्छन् यहाँ
अचम्मै छ' यो सरकार देखेर तर्सिएँ

मोल तोल गरि गरि बेच्न सक्ने छि!!
अहो! यो देहको व्यापार देखेर तर्सिएँ

म' मात्र जागिरको खोजीमा रहेनछु
देशैभरि युवा बेरोजगार देखेर तर्सिएँ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"