WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, August 31, 2012

बालुवाको नगरमा

बालुवाको नगरमा,फुल्छु क्या हो म त!!
फेर्न स्वास प्रस्वास,भुल्छु क्या हो म त!!

बाँचेर के गर्नु हजुर, यो स्वार्थि दुनियामा
प्युनलाइ बिष प्याला,घुल्छु क्या हो म त!!

बिस्वस्सको त यहाँ, हिमाल नै ढले पछी
झुटोपनको हिमाल नै,चुल्छु क्या हो म त!!

यात्रा स्वर्गकै रोजें नि,खै कता पो पुगिने हो
स्वर्ग भन्दै नर्क तिरै, डुल्छु क्या हो म त !!


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
1st-Sep-12



Thursday, August 30, 2012

जवर्जस्ती विष मुख्मा,

जवर्जस्ती विष मुख्मा,कोंचे पछी रोएँ
तिखा वार्णसरि नजरले,घोंचे पछी रोएँ

तिमि नै बोक्सी बन्यौ,अनि धामी पनि
व्यर्थ मलाई अर्धपागल, सोंचे पछी रोएँ

रोहित राना
बुटवल-रुपन्देही

हाल-काबुल,अफगानिस्थान

Wednesday, August 29, 2012

आफ्नै वसमा सधैं,समय


आफ्नै वसमा सधैं,समय होस् भन्छु म'त
योजनाहरु सबै राम्रा,तय होस् भन्छु म'त

जीवनको खेल हारें मैले,दोष छैन कसैलाई    
म हारे पनि उसको,बिजय होस् भन्छु म'त

आधा प्रतिसत भए नि, ज्यूनै पर्ने रैछ जीवन
उस्को भने सत'प्रतिसत,सय होस् भन्छु  म'त

विश्वभर अशान्तिको,बिकुल बजिरहेको बेला
बुद्धत्व वाणी गुन्जिने, लय होस् भन्छु म'त

कसरी बाँच्नु कोलाहल,अनि हिँसा द्वन्द भित्र
पु:न:  गौतम बुद्धकै , उदय होस् भन्छु म'त

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

गजल कार्यक्रम स्पर्श -तिनाउ 98.2 एफ.एम


तिनाउ 98.2 एफ.एमको गजल कार्यक्रम स्पर्श (प्रवासी बिशेष भएको थियो)28th-August-12, जहाँ मैले पनि मेरो गजल वाचन गर्ने मौका पाएको थिएँ,!! स्पर्श युनिट लगायत तिनाउ एफ एम परिवारलाइ हृदयदेखि नै स-धन्यवाद दिन चाहन्छु!!

मैले वाचन गरेको गजल यस प्रकार थियो !!

"गजल"
देश छोडी विदेशिएं, ज्यन समुन्द्र पारि थियो
अशैये चोट अनि पीडाको,मनभित्र भारी थियो

साथीसंगी सबै भुली, हिड्न बाध्य हुनु पर्यो
उनकै नाममा पत्र कोर्ने,कर्म मेरो जारी थियो

जागीर पनि त्यस्तै, खान लाउन पनि गाह्रो
भ्याई नभ्याई हतारमा,धूनु पर्ने गाडी थियो

साथिको पनि कथा उस्तै, पिडै-पिडाले भरिएको
उनको भने पकाउनु पर्ने,दालभात,तर'कारी थियो

याद आउँछ घर गाउँको,कोल्टे फेर्दै रुन्छु सधैं
मरुभूमि रुपी जीवन जिउन,सहयात्रा जारी थियो

दृध योजना मनमा लीई, भबिष्यको सोप्नसंगै
चुक्त्ता गर्ने शाहुको ऋण, बन्धकीमा बारी थियो

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Tuesday, August 28, 2012

तिम्रो मेरो यात्रा


तिम्रो मेरो यात्रा ,बिल्कुल फरक छ
तिम्रो सिंगो कथा,मेरो केहि हरफ छ

संगै जाऔं भन्छौ,यो संभव नै छैन
किन कि तिम्रो स्वर्ग,मेरो नरक छ

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

जिन्दगि खोलासरि

जिन्दगि खोलासरि,बगेपछी क्यार्नु
सम्पूर्ण सपनाहरु, लगेपछि क्यार्नु

व्यर्थ जीवन बाँच्नुको,अर्थ नै रहेन
आफ्नाले ठग्नुसम्म,ठगेपछी क्यार्नु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Monday, August 27, 2012

पख'न तिम्लाई मेरो पछी-पछी,


पख'न तिम्लाई मेरो पछी-पछी,हिन्ने बनाउँछु
पागल बनाइ आकाशका तारा, गिन्ने बनाउँछु

नजरमा नजर जुधाएर, दन्ते मोहनी लगाई
गाउँदा मैले मोहनी तुना-मुना, चिन्ने बनाउँछु

आउछन् रे हेर्न दिनमा,तिन-चार जना तिम्लाई
ति अरु सबैलाइ छोडेर मलाइ नै, बिन्ने बनाउँछु

कसम खुवाउनेछु  तिम्लाई, म  पनि खानेछु
साँच्ची मेरै नामको चुरा-धागो,किन्ने बनाउँछु

रिझाउनेछु तिम्लाई,मनाउनेछु तिम्रो परिवार
एक वचनमै हाम्रो बिहेको कुरा, छिन्ने बनाउँछु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान