WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, January 16, 2013

पानीको त्यो फोका रैछ!!

तिम्रो माया केवल पानीको त्यो फोका रैछ!!
माया भन्दै गर्यो नाटक सब त्यो धोका रैछ!!

बिस्वास गरें मैले माया तिम्रो निश्चल ठानी!!
हुरीसंगै बगी आउने हावाको त्यो झोका रैछ!!

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, January 15, 2013

155. नोकरी पनि सागर पारि छ हजुर

नोकरी पनि सागर पारि छ हजुर
बन्धकीमा घर खेत बारी छ हजुर

बिर्सियो भनिन् होला मलाई सानुले
उन्कै सम्झनाले मन भारि छ हजुर

बिदेशमा काम भन्नु त्यस्तै नै रहेछ
कहिल्यै नसकिने मारामारी छ हजुर

बाबा-आमा अनि साना भाइहरुलाइ
हेरविचार गर्ने जिम्मेदारी छ हजुर

देश माटो अनि गाउँघर बिर्सेको छैन
नेपालि हुँ मेरो बेग्लै चिनारी छ हजुर


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

मेरा केहि गजलहरु मेरो आफ्नै आवाजमा


Monday, January 14, 2013

समय तिम्रो हातमा छ

अझै पनि मेरो हुन सक्छौ समय तिम्रो हातमा छ
मलाई गुमाउने या पाउने निर्णय तिम्रो हातमा छ

जीवनको खेलमा सधै हारें -हारें भन्थ्यौ तिमीले
पिर नगर ल अब स्वयम विजय तिम्रो हातमा छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

154. नपिंउ भन्छु सराब यो मन मान्दैमान्दैन

नपिंउ भन्छु सराब यो मन मान्दैमान्दैन
नबनुं भन्छु खराब यो मन मान्दैमान्दैन

कैले गिलासले  त कैले बोतलले बोलाउँछ
बढी रहंदा  तनाब यो मन मान्दैमान्दैन

पिउने मुडमा थिएंन साथीले कर गरिरह्यो
दिइ रहंदा दबाव यो मन मान्दैमान्दैन

पिइ रहने यो नसाको लत छोडी हालें भने
कसले दिन्छ जवाफ यो मन मान्दैमान्दैन

दिनहु पिउने बानीले 'रोहित' बिग्री सक्यो
बढ्दैछ बेसी लगाब यो मन मान्दैमान्दैन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, January 12, 2013

मुक्तकहरु

आवाज बिहिनको आवाज हुँ म
गरिबको बिहान अनि साँझ हुँ म

जोले जे सुकै भनुन् मतलब छैन
आफैमा अनुसासित समाज हुँ म

*********************

समयसंग लड्नु रैछ जिन्दगि
आफै भित्र पढ्नु रैछ जिन्दगि

आउँछन् यात्रा समथर,उकालो
साथै ओरालो झर्नु रैछ जिन्दगि


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

153. जीवनको गतिमा अंकुश लगायौ

जीवनको गतिमा अंकुश लगायौ
बाँकी भाको मतिमा अंकुश लगायौ

सबै मैले सहेर हेरी मात्र बसी रहेँ म
भए भरको जतिमा अंकुश लगायौ

पत्निपति थियौं र पनी पराय ठान्यौ
आफ्नै परम पतिमा अंकुश लगायौ

आफ्नै ठानेर सर्वगुर्ण सुम्पिदा पनि
साँच्चै कति- कतिमा अंकुश लगायौ

बिरामी बनायौ उपचार गर्दै थिएँ म
हुँदा-हुँदा ओखतिमा अंकुश लगायौ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान