WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, October 9, 2012

122.अशिक्षितलाइ सबलाई,शिक्षा दिए हुन्थ्यो


अशिक्षित ति  सबलाई,शिक्षा दिएकै राम्रो
माग्दै हिंड्ने जोगीलाई,भिक्षा दिएकै राम्रो

ठुलालाइ सम्मान अनि,सानालाई आदर गर्नु
अबुझलाई जानकारहरुले,दिक्षा दिएकै राम्रो

कुर्नु अनि कुराउनु,प्रेमी प्रेमिकाको चलन रैछ
के भो हजुरले नि उन्लाई,प्रतिक्षा दिएकै राम्रो

परामर्स सहकार्य बिना,कुनै कुरा सम्भव छैन
त्यसैले जानेका ज्ञानको,समीक्षा दिएकै राम्रो

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
10th-Oct-12


Monday, October 8, 2012

आज साँच्ची,उनको याद आको छ

आज साँच्ची,उनको याद आको छ
त्यो पुर्णेको,जुनको याद आको छ

अजर'अमर गजल,सुनाएकी थिइन
त्यही काल झैं,धुनको याद आको छ


> रोहित राना<

Saturday, October 6, 2012

तिमीलाई माया गर्नु,मेरो भुल होइन

तिमीलाई माया गर्नु,मेरो भुल होइन
मात्र तिम्रै भरमा पर्नु,मेरो भुल होइन

तिम्रै विश्वासको तलाउमा,दुबे थिएँ म
तिम्रै घरछेउ बसाइ सर्नु,मेरो भुल होइन

रोहित राना
रेग्स्थानबाट

Friday, October 5, 2012

121.फेरी पनि गरीबलाई, रुवाउन आयो दशैं

फेरी पनि गरीबलाई, रुवाउन आयो दशैं
आँशुका सिमसिम झरी,चूहाउन आयो दशैं 
 
गरिबको लागि छैन धन, रुन्छ केवल मन 
धनिलाई हुस्की र ब्रान्डी,खुवाउन आयो दशैं   
 
दशैं हो की दशा हो कुन्नि,वर्षै पिछ्ये आउंछ
हुने सब्लाई चारैधाम ,घुमाउन आयो दशैं 
 
यो चाड-वाड  परदेशमा नआएकै बेश बरु 
पर्देशीलाई आँशुले नै , नुहाउन आयो दशैं  

सपना त परिवारसंगै,दशैं मान्ने थियो मेरो  
मेरो पनि  सोहि सपना, कुहाउन आयो दशैं 

@copyright
रोहित राना  
बुटवल-रुपन्देही 
हाल- काबुल,अफगानिस्थान 
6th-Oct-12

Wednesday, October 3, 2012

120.दशैं यतै तिहारमा चाहिं,आउने भाकोछु आमा

दशैं यतै तिहारमा चाहिं,आउने भाकोछु आमा
एक महिने लामो छुट्टी,पाउने भाकोछु आमा

यसपाली त देउसी भैलो, खेल्दै नाँच्ने धोको छ'है
साथिसंगी भैलि भाका पनि,गाउने भाकोछु आमा

दिदि नि खुसि होलिन्, भाइ आउने खबर सुन्दा
यसपाली साँच्चै भाइटिका, लाउने भाकोछु आमा

बालाई मोबाइल किनेछु, भाइलाई  एउटा  घडी
हजुरलाई छिट्को गुन्यो,ल्याउने भाकोछु आमा

गैरी खेतमा मार्सी धान,लह-लह झुल्दै  होलान्
लेक र बेसी मेला -पातमा,धाउने भाकोछु आमा


@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
4th-Oct-12

Tuesday, October 2, 2012

समय बिते सी आउनुको अर्थ रहेन


समय बिते सी आउनुको अर्थ रहेन
भेट्न देउराली धाउनुको अर्थ रहेन

तिम्रै हुँ म भने नि,के भयो र अब त
सिउँदो पोते सी पाउनुको अर्थ रहेन

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

"यो साँझ यो सुबास"

आज मिति 2069 साल असोज महिनाको 16 गते तदनुसार 2nd Oct 2012, मंगलबार यो साँझ यो सुबासको 46 औ श्रीङ्खला यसमा मेरो जिन्दगी भोगाईको कथा र मेरो पहिलो एकल pop album "REALITY" बाट जब ढल्छ साँझ भन्ने बोलको गीत पनि बजेको छ !! धन्यवाद रन्सी मिडिया अनि "यो साँझ यो सुबास" परिवार प्रति हृदयदेखि आभारी छु!!