WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, September 7, 2012

आज त कलमनै, भाँचेरै,

आज त कलम'नै, भाँचेरै गजल लेखें!!
केहि भाव मनका, साँचेरै गजल लेखें!!

गीत गाउँदै रमाउदै,थिए सबै मित्रहरु!!
म भने उफ्री उफ्री, नाँचेरै गजल लेखें!!

नराख्नु रे पोको पारि, हृदयमा पिडाहरु!!
मायाका पुष्पगुच्छा,गाँसेरै गजल लेखें!!

प्रेम प्रस्ताब राखें मैले,रुँन'पो लाइन बा!!
म'त झनै मुसु-मुसु, हाँसेरै गजल लेखें!!

उनि प्रेमको नर्स अरे, म पनि डक्टर हुँ'नि!!
कति माया गर्छिन् भनि,जाँचेरै गजल लेखें!!



रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
7th-Sep-12



Thursday, September 6, 2012

कहिले निशाना चुकेर रोएँ

कहिले निशाना चुकेर रोएँ
आफ्नै भाग्यलाई थुकेर रोएँ

उनैले विश्वासघात गरे पछि
भित्र -भित्र मुटु दुखेर रोएँ                                                                        

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Wednesday, September 5, 2012

हजुर म'त मेरो आफ्नै,काममा रमाउँछु

हजुर म'त मेरो आफ्नै,काममा रमाउँछु
बाले राख्नु भएको ठुले, नाममा रमाउँछु

सखार जान्छु मेला भर्न,खेतालाहरु संगै
फर्किएर आउँदा झनै, साममा रमाउँछु

गरेपछी मेहनेत,सुन फल्दो रहेछ धर्तीमा
सन्तुस्त छु'म सधैँ खाने,माममा रमाउँछु

किन जानु विदेश,सुन फले पछी स्वदेशमै
आफ्नै  प्यारो मातृभूमि, ठाममा  रमाउँछु

चाड-पर्व रितिरिवाज, बेग्लै हाम्रो संस्कृति
भजनकृतन गुन्जिने ऋषि,धाममा रमाउँछु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Tuesday, September 4, 2012

वसन्तको, बहार पाएंन

वसन्तको, बहार पाएंन
भने जस्तो, प्यार पाएंन

भिन्नै बनाउँछु,भन्दा जीवन
सोंचेको झैं, आकार पाएंन

रोहित राना
4th-Sep-12

Monday, September 3, 2012

उनकै निम्ति अश्रु'धारा,

उनकै निम्ति अश्रु'धारा, झार्नु पर्यो मैले
बालुवामै गुलाबको फूल, सार्नु पर्यो मैले

जिद्धि गरे पछी के गर्नु, मौन भै माने सबै
बाबु-आमाको  कुरा पनि , टार्नु पर्यो मैले

जिन्दगी आफ्नै तवरले,ज्युनु नपाए पछी
धिक्कार्दै आफू आफ्नैबाट,नकार्नु पर्यो मैले

विवशछु जीवन ज्युनु, गालि गलौज सहेर
उनकै खातिर सबलाई माया,मार्नु पर्यो मैले

हार जित हुन्छ  खेलमा, स्व्भाविक नै  हो
तर  खेल  जितेर पनि , हार्नु  पर्यो  मैले


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
3rd-Sep-12

Sunday, September 2, 2012

पछी परें आइ लव *यु, भन्न नसकेर!!

पछी  परें आइ लव *यु, भन्न नसकेर!!
दुखित; छु उनको प्रेमी, बन्न नसकेर!!

समयमा भन्नु पर्ने रैछ,पछुतोमा छु म!!
बिर्सी उनलाई वर्तमानमा, रम्न नसकेर!!

प्रेम फुलाउनु राम्रो अरे, उमेर छँदै हजुर!!
गाह्रो भयो  सिंचाई गरि, खन्न नसकेर!!

मरीहत्त्य गर्नेहरु,धेरै थिए"रोहित"लाई नि!!
एक्लो छु म एउटी राम्री, निफन्न नसकेर!!

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
2nd-Sep-12





Saturday, September 1, 2012

परेलीमै वास मलाई

परेलीमै वास मलाई,बस्न देउ'न प्रिय
ढोका खोलि हृदयमा,पस्न देउ'न प्रिय

चोखो माया मै दिउँला,तिम्रो पनि लिउँला
अंगालोमा बेस्कनी,कस्न देउ'न प्रिय


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान