
आँशुका सिमसिम झरी,चूहाउन आयो दशैं
गरिबको लागि छैन धन, रुन्छ केवल मन
धनिलाई हुस्की र ब्रान्डी,खुवाउन आयो दशैं
दशैं हो की दशा हो कुन्नि,वर्षै पिछ्ये आउंछ
हुने सब्लाई चारैधाम ,घुमाउन आयो दशैं
यो चाड-वाड परदेशमा नआएकै बेश बरु
पर्देशीलाई आँशुले नै , नुहाउन आयो दशैं
सपना त परिवारसंगै,दशैं मान्ने थियो मेरो
मेरो पनि सोहि सपना, कुहाउन आयो दशैं
@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
6th-Oct-12