WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, October 3, 2012

120.दशैं यतै तिहारमा चाहिं,आउने भाकोछु आमा

दशैं यतै तिहारमा चाहिं,आउने भाकोछु आमा
एक महिने लामो छुट्टी,पाउने भाकोछु आमा

यसपाली त देउसी भैलो, खेल्दै नाँच्ने धोको छ'है
साथिसंगी भैलि भाका पनि,गाउने भाकोछु आमा

दिदि नि खुसि होलिन्, भाइ आउने खबर सुन्दा
यसपाली साँच्चै भाइटिका, लाउने भाकोछु आमा

बालाई मोबाइल किनेछु, भाइलाई  एउटा  घडी
हजुरलाई छिट्को गुन्यो,ल्याउने भाकोछु आमा

गैरी खेतमा मार्सी धान,लह-लह झुल्दै  होलान्
लेक र बेसी मेला -पातमा,धाउने भाकोछु आमा


@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
4th-Oct-12