दशैं आयो उही घर अनि, गाउँको याद आऊंदैछ
पिरै-पिरले भरिएको गहिरो,घाउको याद आऊंदैछ
मनले त जान्छु भन्छु स्वदेश, तर पनि थामिबसेछु
तिर्नु पर्ने बांकी'छ ऋण त्यही,साहुको याद आऊंदैछ
पिंदिमा बसी बाटो हेरी बूढी आमा, टोलाउँदै होलिन
अझ निकै बेसी किन हो बुढो,बाउको याद आऊंदैछ
टिका जमारा लगाए पछि , आशीर्वाद पनि दिन्थें
शिर-नुघाई ढोग्ने उनै गोडा ,पाउको याद आऊंदैछ