| जीवन सुधार्न गाह्रो भयो,अति बिग्रिए पछि |
| कस्लाई दिनु दोष खै, मति बिग्रिए पछि |
| संघर्ष गर्नु जान्दा जान्दै,फेल खाएं मैले |
| दोसांधमा परीने रैछ, खती बिग्रिए पछि |
| निभ्यो मनको दियो,धिप धिप बोल्दा बोल्दै |
| सम्हाल्नै नसकिने भयो,उपति बिग्रिए पछि |
| छ्ताछुल्ल पोखियो, सबै बूंदहरु मायाका |
| अन्जुलिमै ठापुं कसरी,क्षति बिग्रिए पछि |
| जिवनमा केही गर्छु,केही बन्छु सपनै भो |
| आफ्नाले नचिन्दो रैछ,प्रगति बिग्रिए पछि |