| हजुरकै काखमा निदाउन मन, पराऊँछू आमा |
| सपनीमा सधैं आमा-आमा भन्दै,कराऊँछू आमा |
| यो विदेशी भूमिमा, आफ्नो भन्नु कोही छैनन |
| एक्लै छू त्यसैले कोलाहलमा, हराऊँछू आमा |
| जिन्दगी भन्दा प्यारो छ,आमा स्नेह हजुरको |
| छुट्छ की हाम्रो समीप सधैं, डराऊँछू आमा |
| आशिसले हजुरको मैले,जुनसुकै युद्ध जित्नेछू |
| टोलाउँदै सधैं कल्पनामा म, बर्बराऊँछू आमा |