WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, June 8, 2014

295. उ बसिरहेको छ चुपचाप बन्द कोठामा

उ बसिरहेको छ चुपचाप बन्द कोठामा 
गराउँदै अस्तित्व सखाप बन्द कोठामा 

सिक्नु जरुरछ हामीले चमेराहरुबाट पनि 
पक्कै छोडेकाछन् केहि छाप बन्द कोठामा 

हजुर त्यो सारा जगत नै मौन देखिन्थ्यो 
उसले थापेको देखेर धराप बन्द कोठामा 

एक आपसमा स्पर्सले मात्र चुम्न सकिन्थ्यो  
सकिएन गर्न धड्कनको नाप बन्द कोठामा 

मैले प्रियाको सिउँदो यिनै हातले कोरेकै हुँ
थाहा छैन गरेँ पुण्य या पाप बन्द कोठामा 

रोहित राना
बुटवल -१३ 
"Buddha was born in Nepal"