| खै के हो यस्तो पारा जिन्दगीको? |
| बुझ्नै नसकिने इशारा जिन्दगीको |
| बाँचुन्जेल त रहेछ तेरो अनि मेरो |
| मरेसी हराउने रैछ सारा जिन्दगीको |
| हाम्रो राजधानी सधैं तिर्खाएकै देख्छु |
| नपाएर पानी दिने धारा जिन्दगीको |
| बाँच्नु पर्छ बचाउनु पर्छ यस्तै थियो |
| अन्तत बेकार भयो नारा जिन्दगीको |
| मेरी प्रिय उपहार दिंदा पनि लिदिनन् |
| र भन्छिन् हजुरनै जुनतारा जिन्दगीको |
| रोहित राना |
| बुटवल-१३रुपन्देही |
| हाल- क्याम्प बास्टन,अफगानिस्थान |
| "बुद्ध नेपालमा जन्मेका हुन्" |
| "Buddha was born in Nepal" |