| बिदिशिएको धेरै भयो धन कमाउने आशमा |
| यो जिन्दगि खेरै गयो धन कमाउने आशमा |
| मातृभूमि छोडी हिंडियो के के नै होला भनेर |
| क्रमै खोटो मेरै छयो धन कमाउने आशमा |
| स्वदेश म फिरौं कसरि साहुको ऋण तिर्नु छ |
| सपना सबै चौघेरै रह्यो धन कमाउने आशमा |
| टन्टलापुर घाममा खट्न नसकी ढलेछु म त |
| कालले पनि सबेरै लग्यो धन कमाउने आशमा |
| रोहित राना |
| हाल-कबुल,अफगानिस्थान |