| अन्तमा आइकन मलाई छाडी उसले |
| लौन हजुर जिउंदै जलाई छाडी उसले |
| विस्वास मैले उसैलाई गरि रहें गरि रहें |
| आज आएर छ्ल्नु छलाई छाडी उसले |
| भनेकै जति उसले गरेको थिएँ नि मैले त |
| किन हो कुन्नि अति नै डलाई छाडी उसले |
| आफ्नै खुट्टामा उभिने प्रयास गर्दैथें म |
| तैपनि हेर्नुहोस् हजुर ढलाई छाडी उसले |
| लडें भुइमा सबैले मेरै तमासा हेरी मात्र रहे |
| सोहि बखत तिखो छुरा चलाई छाडी उसले |
| रोहित राना |
| बुटवल-१३रुपन्देही |
| हाल- काबुल,अफगानिस्थान |