
डाँडाकाँडा गामबेसी,शहरमा लेख्ने कोशिस मेरो
बगी रहेछन् नदि नाला, कल-कल झरना पनि
नदि नाला झर्ना खोला,नहरमा लेख्ने कोशिस मेरो
प्रेमि प्रेमिकाहरु नै यहाँ, गर्छन् किन पश्चताप
विषका ति प्यालासंगै,जहरमा लेख्ने कोशिस मेरो
रातलाइ नि दिन ठान्छन्,पागल प्रेमी हरु यहाँ
बिहानीको त्यो सुनौलो,प्रहरमा लेख्ने कोशिस मेरो
मेरो पनि चाहना हो,सुन्दर गजल सृजना गर्ने
खै कस्तो भयो रहरै, रहरमा लेख्ने कोशिस मेरो
@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
14th-Oct-12