
निश्चल पवित्र चोखो छन् प्रेमका तिनै बाटाहरु
आदान अनि प्रदान धेरै हुन्थ्यें प्रेम भावहरु
सम्हालेर राखेछु पुराना प्रेम पत्रका खाताहरु
समाज अझै साँक्षि छ सिंउदो कोरेको मेरै हातले
आलै छ यो काटेको बुडी औंला रगतका टाटाहरु
माया यस्तो चिज रैछ हजुर जति गर्यो उति गाढा
केवल हुने फाइदै - फाइदा नहुने रैछ घाटाहरु
इतिहासमा अमर छ , मुना मदनको प्रेम कथा
त्यसैले त जीवन्तछन् , अमर प्रेमका गाथाहरु
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
30th Sep-12