WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, August 13, 2011

"गजल"

बत्तीस गूर्णले भरिपूर्ण, अहा कती जाती तिमी
सही मार्ग दर्शन दिने, मेरो जीवन साथी तिमी

लालीगुंरास ,बेली-चमेली,गुलाब यहाँ फूलेपनी
अस्तित्त्वो तिम्रो बेग्लै , हौ तिते-पाती तिमी

अँध्यारोलाई   छिचोल्दै,उज्यालो प्रकाश दिन्छौ
केवल तेल हूँ, कपासको  बाती तिमी

जानू   एक दिन, छोडेर यो संसारलाई
मै जान्छु नर्क बरु, जानू स्वर्ग माथी तिमी